Sorry, that menu does not exist.
 

ताराखोला गाउपालिकावासीले यसरी गरे, नवागत अधिकृत तथा वडा सचिवको स्वागत !

खगेन्द्र विश्वकर्मा, २०७३ चैत ११ । ताराखोला गाँउपालिकाका नागरिकव्दारा गाँउपालिकाका नवागन्तुक प्रमुख तथा वडा सचिवहरुलाई भव्य स्वागत र सम्मान गरिएको छ ।

सम्मान पछिबोल्दै ताराखोला गाँउपालिकाकी कार्यकारी प्रमुख शान्ति पौडेलले ताराखोला गाँउपालिका कला संस्कृति र प्राकृतिक सम्पदाले सुन्दर रहेको चर्चा गर्दै आफुहरुले अब अहिले सरकारको निर्देशन अनुसार संघीयतालाई कार्यन्वयन गर्दै स्थानीय तहबाटै जनताहरुलाई सेवा दिने बताई्न ।

त्यसैगरी बैशाख ३१ गते संचालनहुने स्थानीय चुनाव सफल पार्नको लागी मुख्य उत्तरदायीत्वका साथ लाग्ने पनि उनले स्पष्ट पारिन । गाँउपालिकाका पुग्नसाथ नागरिकले त्यसरी सम्मान गर्दा आफुमा थप जिम्मेबारि बोध भएको उनको भनाई थिया ।

ताराखोला गाँउपालिका भित्रका नागरिक राजनीतिकर्मी तथा वुद्धिजिवीले ताराखोला गाँउपालिकामा नव आगन्तुक कार्यकारी अधिकृत शान्ति पौडेल, निवर्तमान कार्यकारी अधिकृत तथा वडानम्बर ३ हिलका सचिव खडक थापा, वडानम्बर २ अर्गलका सचिव दोलराज पौडेल, वडानम्वर ४ र ५ ताराका सचिव तेजराज गौतमलाई तारागाँउपालिकाका नागरिकहरुले स्वागत गरेको छन् ।

स्वागत कार्यक्रममा स्थानीय लालिगुरासको माला अविर तथा पन्चेबाजा बजाएर स्वागत गरिएको ताराखोला गाँउपालिकाकी फुलमायाँ पुन ‘जलजला’ले बताईन । कार्यक्रममा सम्पुर्ण राजनीतिक दलको प्रतिनिधित्व गर्दै डण्डपानी कडेल, शिक्षक तथा तथा वुद्धिजीवीको तर्फबाट अर्गल माविका प्रध्यानाध्यापक गणेश घर्ती, लागाएतले मन्तव्य व्यक्त गरेका थिए ।

ताराखोला गाँउपालिका वडा २ अर्गलका सचिव दोलराज पौडेल र वडा ४ र ५ का ताराका सचिव तेजराज गौतमले आफुहरुलाई स्थानीय नागरिकाहरुले स्वागत गर्दा आफुहरु खुसी लागेको बताएका थिए । आफुहरुले नागरिकालाई सहजहुने गरि राज्यले दिएको जिम्मेवारीको आधारमा जनतालाई सुविधा दिन आफुहरु लागिपर्ने बताए एका थिए ।

कार्यक्रम ताराखोला गाँउपालिकाका निवर्तमान कार्यकारी प्रमुख खडक बहादुर थापाको अध्यक्षता ,वडा २ भातखाने डाँडाका टोप बहादुर रोकाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply