Sorry, that menu does not exist.
 

सहकारीमा भएको पुजी परिचालन गर्न सके ठुला उद्योगहरु स्थापना गर्न सकिन्छ : नगरप्रमुख नेपाली

सुमन जीसी, बुर्तिवाङ २०७५ चैत १७ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले सहकारी संस्थाहरुमा भएको पुँजीलाई परिचालन गर्न सकेमा ठुला ठुला उद्योगहरु स्थापना र सञ्चालन गर्न सकिने बताएका छन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा जिल्लाको बुर्तिवाङ क्षेत्रमा जिल्ला सहकारी संघ लि. बागलुङको आयोजना र स्थानीय संस्थाहरु त्रिवेणी साकोस र बुर्तिवाङ साकोसको समन्वयमा आयोजना गरिएको सहकारी ऐन तथा प्रवद्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी नेपालीले सो धारण राखेका हुन ।

उनले सहकारीमा रहेको धैरै पुँजीको उचित परिचालन हुन नसकिरहेको वर्तमान परिवेशमा त्यसलाई उद्योगधन्धा, जलविद्युत आयोजना, उत्पादन मुलक क्षेत्र जस्ता ठुला ठुला परियोजनाहरुमा लगानी गर्न सकेमा देशले र्आिथक समृद्धि हाँसिल गर्न सक्ने भनाई राखेका थिए । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का सञ्चालक एवं जिल्ला बचत संघ बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, जिल्ला बचत संघ बागलुङका सञ्चालक गण्डकी थापा अधिकारी, त्रिवेणी साकोसका कार्यवाहक अध्यक्ष ऋतुवर्ण पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

अन्तरकृयामा नेपालको संविधान र सहकारी ऐनमा सहकारी सम्वन्धमा भएका व्यवस्थाहरु, सहकारी सम्वन्धि कानुनी व्यवस्था, सहकारी संस्थाहरुलाई बद्लीदो परिवेश र नीति नियममा कसरी सञ्चालन गर्ने लगाएतका विषयबस्तुहरुमा नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत संघका अध्यक्ष पौडेलले सहजिकरण गेरेका थिए ।

५५ जनाको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, स्वागत संघका कोषाध्यक्ष अञ्जु जि.सी. र सञ्चालन सचिव तेजेन्द्र थापाले गरेका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. का अध्यक्ष सीता शर्मा र जिल्ला सहकारी संघ लि. बागलुङका सदस्य खिमवहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply