Sorry, that menu does not exist.
 

खर्वाङमा सहकारी ऐन तथा प्रवद्र्धन सम्वन्धि अन्तरकृया सम्पन्न !

खर्वाङ २०७५ चैत १७ । ६२ औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा जिल्लाको वडिगाड गा.पा. २ खर्वाङ बजारमा सहकारी ऐन तथा प्रवद्र्धन सम्वन्धि १ दिने अन्तरकृया गोष्ठि सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ लि. बागलुङका आयोजना र स्थानीय संस्था दीदीबहीनी साकोस र त्रिवेणी साकोसको समन्वयमा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो । बडीगाड क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई सहकारी सम्वन्धि वर्तमान नीति नियम र ऐन कानुनहरुको विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।

क्षेत्रमा जिल्ला सहकारी संघ लि. बागलुङको आयोजना र स्थानीय संस्थाहरु त्रिवेणी साकोस र बुर्तिवाङ साकोसको समन्वयमा आयोजना गरिएको सहकारी ऐन तथा प्रवद्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतीथी पौडेलले सो धारण राखेका हुन ।

उनले सहकारीमा रहेको धैरै पुँजीको उचीत परिचालन हुन नसकिरहेको वर्तमान परिवेशमा त्यसलाई उद्योगधन्धा, जलविद्युत आयोजना, उत्पादन मुलक क्षेत्र जस्ता ठुला ठुला परियोजनाहरुमा लगानी गर्न सकेमा देशले आर्थीक समृद्धि हाँसील गर्न सक्ने भनाई राखेका थिए । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. का सञ्चालक एवं जिल्ला बचत संघ बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, जिल्ला बचत संघ बागलुङका सञ्चालक गण्डकी थापा अधिकारी, त्रिवेणी साकोसका कार्यवाहक अध्यक्ष ऋतुवर्ण पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

अन्तरकृयामा नेपालको संविधान र सहकारी ऐनमा सहकारी सम्वन्धमा भएका व्यवस्थाहरु, सहकारी सम्वन्धि कानुनी व्यवस्था, सहकारी संस्थाहरुलाई बद्लीदो परिवेश र नीति नियममा कसरी सञ्चालन गर्ने लगाएतका विषयबस्तुहरुमा नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत संघका अध्यक्ष पौडेलले सहजिकरण गेरेका थिए ।

५५ जनाको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, स्वागत संघका कोषाध्यक्ष अञ्जु जि.सी. र सञ्चालन सचिव तेजेन्द्र थापाले गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. का अध्यक्ष सीता शर्मा र जिल्ला सहकारी संघ लि. बागलुङका सदस्य खिमवहादुर कार्कीको पनि उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply