Sorry, that menu does not exist.
 

भूकम्पले भत्काएको बिहुँ राम मन्दिर निर्माणका लागि महायज्ञको आयोजना

कोपिला कंडेल, बागलुङ २०७५ चैत १८ । काठेखोला गाउंपालिका ६ बिहुं ईनारपानीमा यहि चैत २३ देखी ३० गते सम्म श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ संचालन हुने भएको छ ।

ब्रम्हलीन श्री १००८ स्वामी परमानन्द सरस्वतीको जन्मस्थल परमेश्वर राममन्दिर पौवाडाँडा ईनारपानीमा २०७२ सालको बिनाशकारी भुकम्पले भत्काएको मन्दिरको पुननिर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको मन्दिर संचालन समितिका अध्यक्ष टिकाराम कंडेलले जानकारी दिए । ०७२ सालको बिनाशकारी भुकम्पले मन्दिरको कुटी वाचनालय लगायत मन्दिर धर्मशाला पुर्णरुपमा क्षेतबिक्षत बनाएको मन्दिरको पुनं निर्माण गरी बैदिक सनातन हिन्दु धर्मको संरक्षण लगायत काठेखोला गाउंपालिका लगायत समग्र जिल्लालाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा चिनाउनका लागि महायज्ञको आयोजना गरिएको अध्यक्ष कंडेलले जानकारी दिए ।

भूकम्पले मन्दिरको कुटी धर्मशाला वाचनालय पुर्ण रुपमा भत्काएको थियो । सो स्थानमा केही समय पछि अस्थाई संरचना बनाएर पुजाआजा गरिदै आएको मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष थानेश्वर कंडेलले बताए । महायज्ञ संचालन गर्नका लागि मन्दिर ब्यवस्थापन संचालन समितका अध्यक्ष टिकाराम कंडेलको अध्यक्षतामा महायज्ञ मुल आयोजक समित गठन गरिएको छ । समितिको उपाध्यक्षहरूमा काठेखोला गाउंपालिका ६ का अध्यक्ष युक्त प्रसाद कंडेल, वडा ५ का अध्यक्ष शिव प्रसाद कंडेल,गंगा प्रसाद कंडेल गौरीशंकर सुबेदी देवीप्रसाद कंडेल शालिग्राम कंडेल खिमानन्द कंडेल र धनपति कंडेल, सिचव शिव कँडेल, सहसचिव हरिलाल कंडेल, अगन्धर कंडेल कोषाध्यक्ष थानेश्वर कंडेल सहित १५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

महायज्ञलाई ब्यवस्थित र प्रभावकारी बनाउनका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको काठेखोला गाउंपालिका ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए । महायज्ञको प्रमुख वाचकको रुपमा परमानन्द बेदवेदाङ्ग विद्यालय विहुं रामकोटका पूर्व बिद्यार्थी प्रखर युवा पण्डित भरत सुबेदी रहने आयोजकले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply