Sorry, that menu does not exist.
 

समाजसेवी सापकोटाद्वारा छोराको स्मृतिमा लहरेपिपल माध्यमिक विद्यालयलाई ५ लाख सहयोग !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ चैत १८ । बागलुङ नगरपालिका ६ लहरेपिपल माध्यमिक विद्यालयले संचालन गरेको चन्दा संकलनको क्रममा पञ्चकोट भान्सका शिवप्रसाद सापकोटाले आफ्नो दिवंगत छोरा कृष्णप्रसाद सापकोटाको स्मृतिमा रु ५ लाख रुपैया सहयोग गरेका छन् ।

आगामी शैक्षिक सत्र २०७६ देखि आवासीय सुविधाका साथा गुणस्तरिय शिक्षा सहितको नमुना विद्यालय संचालनको लागि सुरु गरिएको चन्दा अभियानमा सापकोटाले छोराको स्मृतिमा उक्त रकम सहयोग गरेको बताए ।

रोजगारीका क्रममा जापान गएका स्वर्गिय सापकोटाको गत बर्ष सडक दुर्घटनामा परि निधन भएको थियो ।

आफुले सहयोग गर्ने रकमबाट विद्यालयमा बैठक कोठा निमार्ण गरिदिन उनले आग्रह समेत गरेको लहरेपिपल माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले ईबागलुङलाई जानकारी दिए ।

विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ४सम्म पुर्ण अग्रेजि माध्यममा पठनपाठन गराउने समेत तयारी गरेको र स्कुलको बस समेत खरिद गरिसकेको जनाइएको छ ।

अन्य कुनै पनी शैक्षिक सस्था हरुको भन्दा कमी नहुने गरि नि:शुल्क गुणस्तरिय शिक्षा दिने तयारीका साथ लागेको विद्यालयले जनाएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कम हुने भन्दै सहरका निजि शैक्षिक संस्थाहरुमा अध्यापन गराउदै आएका अभिभावकलाई आफ्ना बालवालिकालाई यसै विद्यालयमा पठाउन विद्यालयले आग्रह समेत गरेको छ ।

यसै विच लहरेपिपल माविलाई नमुना विद्यालयको रुपमा संचालन गर्ने विषयमा वडाका सवै विद्यालयका प्र.अ तथा वि.व्य.स. अध्यक्ष विच छलफल कार्यक्रम भएको छ ।

गुणस्तरिण तथा आवासिया सुविधाका साथ नमुना विद्यालय संचालनको लागि स्वच्छिक चन्दा संकलनको लागि घर दैलो अभियान चैत्र १० गते बाट सुरु गरेको थियो । अभियानमा हाल सम्म करिव १५ लाख चन्दा संकलन गरेको शिक्षक महेश्वर आचार्यले बताए।
गरिव बालबालिकाले पनी निशुल्क गुणस्तरिय शिक्षा पाउने भएपछि अभिभावकले घरदैलो अभियानमा उत्साहका साथ सहभागि बनेको शिक्षक आचार्यले बताए।

यो पनि पढौँ:
जापानमा कारको ठक्करबाट बागलुङका एक युवकको मृत्यु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply