सुमन जीसी खर्वाङ २०७५ चैत १८ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत संघ बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले एक कार्यक्रममा कमाई भएर पनि बचत गर्न नसक्दा मानीसहरु गरिब भएको बताएका छन् ।
अक्षते बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सोमबार ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी पूर्व सन्ध्यामा आयोजना गरेको वित्तीय साक्षरता तथा अन्तरकृयाका क्रममा प्रमुख अतीथी पौडेलले उक्त भनाई व्यक्त गरेका हुन । उनले जबसम्म मानीसहरुले कमाएको केहि अंशलाई पहिले बचत गर्ने बारेमा सचेत हुदैनन् तबसम्म आर्थिक उन्नती नहुने भनाई राखेका थिए । पौडेलले सहकारी संस्थाहरुले बचत संकलन र ऋण लगानी मात्र गरेर सदस्यहरुको आर्थिक समृद्धि नहुने भन्दै पहिले सदस्यहरुलाइ वित्तीय रुपमा साक्षर बनाई आर्थिक तथा वित्तीय निर्णय लिनसक्ने बनाउनु पर्ने बताए ।
कार्यक्रममा समाजसेवी एवं पूर्व गा.वि.स. अध्यक्ष, नेपाली कागं्रेसका नेना होमहवहादुर हमाल, काठेखोला गा.पा. १ का अध्यक्ष खड्क थापा मगर, ग्रिन डेभलेपमेन्ट बैंक अक्षते शाखाका प्रवन्धक आनन्द रेग्मी, सेन्चुरी बैंकका प्रवन्धक विकास आचार्य, स्थानीय सहकारी संघ संस्थाहरुको तर्फबाट सामुहीक साकोसका अध्यक्ष बृहस्पती कँडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको प्रगतीका बारेमा संस्थाका सचिव सम्झाना थापा र आर्थिक गतिविधिहरुको बारेमा संस्थाका कोषाध्यक्ष सन्तोष के.सीले जानकारी गराएका थिए । ५१ जनाको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतीथी पौडेलले वित्तीय साक्षरता तथा सहकारी सम्वन्धि ऐन, नीयम र कानुनका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष गणेशवहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष तोरणध्वज मल्लको स्वागत र सचिव सम्झना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।