Sorry, that menu does not exist.
 

बागलुङ नगरपालिका भित्र बेथिति, ठुलाबडाहरुको कुर्सी खाली, सेवाग्राही मर्कामा !

बागलुङ २०७५ चैत १९ । बागलुङ नगरपालिका आज प्रमुखविहीन छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत कसैलाई नगरपालिकामा देख्न सकिन्न । उनिहरु कार्यालयमा उपस्थित छैनन् । सेगाग्राही नगरवासीहरु मर्कामा छन् । नगरपालिका कार्यालयमा को हो निमित्त ? भनेर सोद्धा यो हो निमित्त प्रमुख भन्ने जवाफ पाउन सकिदैन ।

कसैलाई निमित्तको पत्र लेखेर नदिएपनि कसैले त काम त गर्नै प-यो भन्छन लेखाधिकृत कृष्णप्रसाद आचार्य । यस्तो छ बागलुङ नगरपालिका भित्रको बेथिति ।

नगरप्रमुख जनकराज पौडेल काठमाडौँ, प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर सेवाकालीन तालिममा भागलिन २०७५।१२।१९ गते देखी काठमाडौँ जानु पर्ने भएकोले फर्कि नआएसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमानुसार दैनिक कार्य सन्चालन गर्नु भनि शाखा अधिकृत युक्त सुवेदीलाई निमित्त दिएर काठमाडौँ प्रस्थान गरेका छन् । यता नगर उपप्रमुख सुरेन्द्र खड्का र निमित्त प्रमुख प्रशसकीय अधिकृत (शाखा अधिकृत) योजना तर्जुमा गोष्ठीमा पोखरा गएको नगरपालिका श्रोत बताउँछ । कसैलाई त निमित्तको जिम्मेवादी दिएर जानु पर्ने होईन र ? भन्ने इबागलुङको प्रश्नमा बिचरा कर्मचारीहरु एकार्काको मुख ताकाताक गर्छन् ।

पछिल्लो समय आँखा उपचार केन्द्रको भवन निर्माणमा दोहोरो भुक्तानी लिनेदिने र दाबागरा बसपार्कको माटो सम्याउने कार्यमा मेशिन डोजर प्रयोग गरी म्यानुअलमा माटो सम्माएको भनी लाखौँ रुपयाँ भुक्तानी लिने दिनेहरु कता अख्तिायरको फन्दामा परिने हो भनी भागमभागको स्थितिमा छन् । भ्रष्टाचार गरी लिएको रकम नगरपालिकामा फिर्ता गरेपनि उनिहरु अपराधबोधबाट उन्मुक्ति पाएको अवस्था छैन । एक पटक निर्माण भएको कार्यको दुईदुई पटक भुक्तानी दिन सिफारिस गर्ने ईन्जिनियरहरु तथा डोजरले माटो सम्याएर मान्छले फालेको भनि बिल मिलाएर लाखौँ रकम झिक्ने प्राविधिकहरु साथै बिना छानविन सुटुक्क भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत पनि शंकाको दायरामा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply