सुमन जीसी, बागलुङ २०७५चैत १९ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी नवाहव्यापी कार्यक्रम सार्वजानीक गरेको छ ।
संस्थाले आफ्नो दशौं स्थापना दिवस तथा ६२ औं राष्ट्रीय सहकारी दिवसका अवसर पारी गर्न लागेका कार्यक्रमहरु सार्वजानीक गरेको हो । नवाहव्यापी कार्यक्रम अन्र्तगत आज पहिलो दिन पत्रकार सम्मेलनमार्फत संस्थाले सञ्चालन गरेका गतीविधिहरु र आगामी कार्य्दिशा जानकारी गराई सुरुवात गरेको संस्थाले जनाएको छ । कार्यक्रम अन्तर्गत २० गते ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लि. बागलुङले आयोजना गरेको विहानी कार्यक्रम ¥यालीमा सहभागी हुने र दिनमा संस्थाको आयोजनामा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने, २१ गते सदस्यता विस्तार अभियान अन्तर्गत सम्पूर्ण सदस्य सेवाकेन्द्रहरु घरदैलो मार्फत एकै दिनमा ५ सय जना नयाँ शेयर सदस्य थप गर्ने, २२ गते जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा अन्तरकृया कार्यक्रम, २३ गते केन्द्रिय कार्यालय अन्तर्गत महिला गोष्ठी, बुर्तिवाङ र खर्वाङ सदस्य सेवा केन्द्र अन्तर्गत मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको सहजिकरणमा सकरात्मक सोच सम्वन्धि ५ सय जनासंग अन्तरकृया कार्यक्रम, २४ गते केन्द्रिय कार्यालय अन्तर्गत युवा सम्मेलन, हटिया र विहुँ सदस्य सेवाकेन्द्र अन्तर्गत अधिकारीकै सहजिकरणमा सकरात्मक सोंच सम्वन्धि ५ सय जनासंग अन्तरकृया कार्यक्रम, २५ गते बाल सम्मेलन र २६ गते मुल समारोह गरी नवाहव्यापी कार्यक्रम सम्पन्न गर्ने पत्रकार सम्मेलन मार्फत संस्थाले जानकारी दिएको छ ।
संस्थाले आफ्नो दशौं स्थापना दिवसका अवसरमा कम्तीमा १० हजार मानीसहरुसंग प्रत्यक्ष रुपमा भेटघाट गरी संस्थाको प्रचार प्रसार र सेवा सुविधाका बारेमा जानकारी गराउँदै नवहाव्यापी कार्यक्रम अन्तर्गत संस्थामा शेयर सदस्य बन्ने व्यक्तिहरुलाई प्रवेश शुल्क छुट दिने रणनीति रहेको समेत संस्थाले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनका क्रममा संस्थाको तत्कालीन अवस्था तथा भावि कार्ययोजनाका बारेमा जानकारी गराउँदै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी साकोसले एउटै ढोकाबाट सदस्यका सम्पूर्ण आवश्यकता पुरा गर्ने गरी आफ्ना क्रियाकलापहरु अगाडि बढाईरहेको बताएका थिए । पाडेलले सिवाईसीले सदस्यहरुको सन्तुष्टिलाई पहिलो प्राथामिकतामा राखेर संस्था अगाडि वढिरहेको समेत जानकारी गराएका थिए। संस्थाको वित्तीय विवरण प्रस्तुत गर्दै अध्यक्ष पौडेलले हालसम्म संस्थामा १ वटा केन्द्रिय कार्यलय, ७ वटा सदस्य सेवाकेन्द्र, ३७ जना कर्मचारी, ७ हजार २ सय शेयर सदस्य, १६ करोड ९६ लाख शेयर पुँजी, ६० करोड ७९ लाख बचत, ७० करोड २८ लाख लगानीमा रहिरहेको ऋण, ६ करोड २७ लाख कोष, १ करोड ७२ लाख स्थीर सम्पत्ती र ९३ करोड २८ लाखको कुल सम्पत्ती रहेको जानकारी गराएका थिए ।
कार्यक्रमकै क्रममा संस्थाले वित्तीय सेवा अन्तगर्त १९ प्रकारका उद्धेश्यमुलक बचत र ऋण सेवा, विप्रेषण (रेमिट्यान्स) सेवा, निशुल्क ए.वि.वि.एस. सेवा, मोबाईल बैकिङ एप सेवा, ट्याबलेट बैकिङ मार्फत घरदैलो बचत संकलन सेवा, औषधी उपचारका लागी २४ घण्टे ईमरजेन्सी कलिङ सेवा, ३६५ दिने, सन्ध्याकालिन र विहानी काउन्टर सेवा उपलब्ध गराएको एवं गैर वित्तिय सेवाहरु अन्तर्गत अध्र्वदैहिक राहत सुविधा, सुत्केरी पोषण सुविधा, जटिल रोग औषधी उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, जेष्ठ नागरिक तथा एकल महिला पेन्सन सुविधा, बुहारी स्वागत तथा नवविवाहित दम्पती सम्मान, ब्रतबन्ध सम्मान, चौरासी पुजा तथा सम्मान, ब्लड गु्रपिङ तथा सुचिकृत लगाएतका सेवा सुविधाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै आईरहेको पौडेलले जानकारी गराएका थिए ।
पौडेलले सिवाईसी साकोसले नेपाल सरकारको एकीकरण कार्यविधि अनुसार धौलागिरीमै पहिलोपटक सहकारी एकीकरण गर्ने कार्य सम्पन्न गरेको र हालसम्म ६ वटा संस्थासंग एकीकरण गरिसकीएको बताएका थिए । संस्थाले स्थानीय तथा राष्ट्रिय गरी हालसम्म ९ वटा पुरस्कारहरु प्रााप्त गरिसकेको समेत पौडेलले जानकारी गराएका थिए ।
ससम्मेलनकै क्रममा संस्थाको आगामी १५ बर्षको लक्ष्य तथा योजना प्रस्तुत गर्दै अध्यक्ष पौडेलले १५ वर्षमा सिवाईसीका ५० हजार शेयर सदस्य, १२० जना कर्मचारी, १० अर्वको कुल सम्पती, २० वटा सुविधासम्पन्न कार्यालय, कम्तीमा ३००० जना जेष्ठ नागरिक सदस्यहरुलाई पेन्सन, १५० वटा सकरात्मक सोच कार्यदल गठन, कृषि उपज उत्पादन, प्रशोधन र बजारीकरणका कम्तीमा ३ वटा नमुनाहरु स्थापना, पर्यटन प्रबद्र्धनका लागी होमस्टे स्थापनाको पहल र प्रबद्र्धन गरी आम जनतामाझ सहकारी भनेको नै सिवाईसी भन्ने सोचको स्थापना गर्ने लक्ष्य रहेको बताएका थिए ।
“हुने खानेको पैसा हुँदा खानेमा पु¥याउने, हुँदा खानेलाई हुने खाने बनाउने” भन्ने लक्ष्य र उद्धेश्यका साथ २०६६ साल चैत्र २६ गते डिभिजन सहकारी कार्यालय बागलुङमा ४८४ नं.मा दर्ता भै मिति २०६७ साल आश्विन २२ गतेका दिनदेखि विधिवत कारोबार शुरु गरेको यस संस्थाले दर्ता भएको दिनलाई प्रत्येक बर्ष विविध कार्यक्रम गरि स्थापना दिवसको रुपमा मनाउदैं आईरहेको सन्दर्भमा यस वर्ष पनी नवाहव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो ।
पत्रकार सम्मेलन संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सह–सचिव तारावहादुर वि.क.को स्वागत, प्रवन्धक नवराज शर्माको सञ्चालन र पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल श्रीसको समापन मन्तव्य सहित समापन भएको थियो ।