Sorry, that menu does not exist.
 

आजको तस्वीर : बागलुङमा ६२ औं राष्ट्रिय सहकारी दिवस !

शव्द/चित्र : सुमन जीसी

बागलुङ २०७५ चैत २० । नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष पुरा भएको अवसरमा बागलुङमा विविध कार्यक्रम गरी ६२ औं राष्ट्रिय सहकारी दिवश कार्र्यक्रम मनाईएको छ ।

जिल्ला सहकारी संघ लि. बागलुङको आयोजना र विषयगत सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाहरुको सहयोगमा सहकारी दिवश कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।

विहान ७ बजेदेखी बागलुङ बजारको हुलाक चोकबाट जिल्ला स्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागितामा प्रभातफेरी सहित बागलुङ बजार परिक्रम गरी कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रमको मुल समारोह ब्राउन आईज रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ सम्पन्न सहकारी दिवस कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि. उप्रेतीले गरेका थिए ।

कार्यक्रममा संघिय सांसद मनकुमारी के.सी., राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी., नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेल, बागलुङ नगरपालिकाको प्रतिनिधीको रुपमा बानपा ४ का वडाध्यक्ष ध्रुवबहादुर केसी लगायतले मन्तव्य दिएका थिए भने स्वागत भाषण बागलुङ बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले गरेका थिए । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रतिनिधि तथा विषयगत सहकारी संघका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न उद्देश्यका सहकारी संस्था तथा सहकारीकर्मी व्यक्तिहरुलाई उत्कृष्ट काम गरेबापत पुरस्कृत तथा सम्मान गरिएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply