भरत सापकोटा, बिहुँ (बागलुङ) २०७५ चैत २० । भित्रभित्रै मख्खिएर जीर्ण बनेको एक विद्यालय भवन मर्मत गर्ने भन्दाभन्दै भत्किएको छ । २०७२ सालको महा भूकम्पले चर्किएर जीर्ण बनेको काठेखोला गाउँपालिका ५ बिहुँ श्रीपाली स्थित नवयुवक आधारभूत विद्यालयको भवन भत्किएको हो । कर्कटपाताले छाएको सो आधारभूत विद्यालय भवन चैत १८ गते रातिको हावाहुरी र पानीले भत्किएको थियो । कुनै मानवीय क्षती हुन पाएन ।
धेरै पुरानो भवन भएको र यसलाई पुननिर्माण गर्नु पर्ने आवश्यकता रहँदा रहँदै पनि कर्कट पाताले छानो छाउने तयारी गर्दाको अवस्थामा भवन भत्किएको हो । छानो फेरेर विद्यालय भवन सुरक्षित नहुने स्थानीयको भनाई थियो । भत्किन लागेको भवनलाई टालटुल पारेर थप खतारा निम्त्याउने भन्द भत्किएपछी नयाँ किसिमले भवन निर्माण गर्नु पर्ने अभिभावक एवं स्थानीयको भनाई सार्वजनिक भएको छ । गाउँपलिकाकाले छानो फेर्न रु १ लाख विनियोजन गरेको थियो ।
१ सय ७० जना विद्यार्थीले पठन पाठन गर्दै आएको यस आधारभूत विद्यालयको भवन भत्किएपछी पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले ईबागलुङलाई बताए ।
टालटुल गर्न नपाउदै भत्किएको बिद्यालय भवन तत्कालै निर्माण गर्न काठेखोला गाउँपालिका संग स्थानीयले माग गरेका छन् । भवन निर्माण नभएसम्मा बिद्यार्थीहरु पठनपाठन कहाँ गर्ने भन्ने बिकल्पको खोजी भैरहेको प्रअ सापकोटाले बताए ।