Sorry, that menu does not exist.
 

पूर्व सांसद पोडेलव्दारा काउले खोला जनहित मोटरबाटो उदघाटन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत २४ । सिहदारबारको अधिकारी गाउमा आएपछि स्थानियको दैनिकिमा परिवर्तन आएको बागलुङ क्षेत्र नम्बर २ का पुर्व सांसद प्रकाश शर्मा पौडेलले बताएका छन््् । काउलेखोला जनहित सानोखोला मोटरबाटो निर्माण समिति गलकोट नगरपालिका वाड नम्बर ७ ले आयोजना गरेको मोटरबाटो उदघाटन कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन ।

शर्माले काठमाण्डौमा बसेर गाउको समस्या समाधान नहुने भन्दै सम्पुर्ण पार्टीको प्रयासले स्थापित गणतन्त्रले जनताको समस्या समाधान भएको बताए । अहिले दुई तिहाईको सरकार भएकाले बिकास गर्न प्रशस्त सम्भावना भएको उल्लेख गर्दै शर्माले नेकपाले बिकासका लागी प्रतिपक्षमा रहेको नेपाली काग्रेससँग समेत हालेमालो गरेर अगाडि बढनुपर्ने बताए । शर्माले गलकोटमा मोटरबाटो, खानेपानी र टेलिकमका टावरहरु निर्माण गर्नमा आफनो भुमिका रहेको बताए । यहाँको प्रत्येक टोल टोलमा पुगेर प्रत्येक ब्यक्तिका समस्या बुझेर मोटरबाटो लगायतका कामहरु अगाडि बढाएको शर्माले स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जनप्रतिनिधि राजनैतिक पार्टी भन्दा जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए । अहिलेको समयमा नगरपालिकाप्रति बिभिन्न किसिमका आलोचनाहरु आउने गरेको भन्दै आफुले उक्त आलोचनालाई सकरात्मक तरिकाले लिएको गैरेले बताए । हामी जनताका समस्या समाधानको प्रयासमा छौ नगरप्रमुख गैरेले भने यसको नतिजा जनताले ५ बर्षपछि पाउनेछन । उनले गलकोट नगरपालिका कुनै पार्टीको पक्ष र प्रतिपक्ष नभएर सम्पुर्ण पार्टीको हितमा भएको उल्लेख गरे । नगरपालिकाका प्रत्येक वडामा सम्पुर्ण दलका जनप्रतिनिधि निर्वाचित भएका छन गैरेले भने त्यसैले हामीलाई बिकास गर्न सम्पुर्ण पार्टीको उत्तिकै सहयोग मिल्ने अपेक्षा छ । नगरप्रमुख गैरेले मल्मको मोटरबाटो स्तरिय र स्थाई बनाउनका लागी नगरपालिका सकरात्मक रहेको पनि बताए ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीस, मल्म, बरेखानी मोटरबाटोका अध्यक्ष घनश्याम गौतम, नेपाली काग्रेस गलकोट नगरपालिका ९ का सभापति यज्ञप्रसाद सापकोटा, गलकोट घुम्टे पर्यटन बिकास केन्द्रका बरिष्ठ उपाध्यक्ष राज थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । ।

उक्त मोटरबाटो निर्माणका लागि पुर्व सांसद पौडेलले सांसद कोषबाट ९ लाख सहयोग प्रदान गरेका थिए । साढे २ किलोमिटर मोटरबाटोको चौडाई कच्ची नाली सहित ४ मिटर रहेको समितिले जनाएको छ ।

कार्यक्रममा समितिका कोषाध्यक्ष ज्ञान बहादुर थापाले २२ लाख ३० हजार ८ र ५८ बराबरको आम्दानी र सोहि बराबरको खर्च सार्वजनिक गरेका थिए । कार्यक्रममा मोटरबाटो निर्माण गर्दा आर्थिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगदातालाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रम मोटरबाटो निर्माण समितिका अध्यक्ष चिरन्जिबि मरासिनिको अध्यक्षता, कोषाध्यक्ष ज्ञान बहादुर थापाको स्वागत मन्तब्य र राजकुमार दर्जिको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply