Sorry, that menu does not exist.
 

सिवाईसीव्दारा युवाहरुका लागि वित्तीय साक्षरता तालिम सम्पन्न

बागलुङ, २०७५ चैत २५ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो दशौं स्थापना दिवस नवाहव्यापी रुपमा माईरहेको सन्दर्भमा सातौं दिनको कार्यक्रम अन्तर्गत आईताबार बागलुङ बजारमा युवा गोष्ठि तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।

युवाहरुको वित्तीय चेतनामा अभिबृद्धि गरी फजुल खर्ची हुनबाट जोगाउने, बचतका तरिकाहरु सिकाउने र युवाहरु मार्फतनै देशमा उद्यमशिलता सिर्जन ागर्न सकिन्छ भन्ने भावना जागृत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन सिवाईसी साकोसका सचिव वेद प्रसाद शर्माले गर्नुभएको थियो । उद्घाटनका क्रममा बोल्दै शर्माले युवाहरुले उद्यमशिलताका लागि स्पष्ट खाका लिई परियोजना सञ्चालन गर्न चाहेमा सिवाईसीले सधै साथ दिने बताएका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, लायन्स क्लव अफ पञ्चकोट बागलुङका सचव श्रीकृष्ण पौडेल, स्वतन्त्र विद्यार्थी युनीयन धौलागिरी बहुमुखी क्याम्पसका सचिव विष्णुराज पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वित्तीय साक्षरता र सकरात्मक सोच सम्वन्धमा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्माले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम पश्चात सहभागिहरुको तर्फबाट पुर्णवहादुर पुनले आफ्ना भनाईहरु राखेका थिए ।

५० जना युवाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सिवाईसी साकोसको युवा विकास उपसमितिका सदस्य ऋषीराम गौतमले गरेका थिए भने कार्यक्रमको स्वागत संस्थाका कर्मचारी सचिता अर्याल र सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।

यसैवीच नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी साकोस बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले समृद्धिका लागि वित्तीय साक्षरता अत्याआवश्यक रहेको बताएका छन् ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो दशौं स्थापना दिवस नवाहव्यापी रुपमा माईरहेको सन्दर्भमा आईताबार जैमीनी नगरपालीका वडा नं. १० रुम्टामा आयोजीत सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम कार्यक्रमका क्रममा पौडेलले उक्त कुरा व्यक्त गरेका हुन । पौडेलले आम नागरिकलाई वित्तीय रुपमा साक्षर बनाई समृद्धीको बाटो तर्फ लैजाने जिम्मेवारी सहकारी संस्थाहरुको काधमा आएकाले सहकारीहरुले बचत र ऋणको कारोवारसंगै सदस्यहरुलाई शिक्षाको पाटोमा पनी संगसंगै लैजानुपर्ने बताएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा शुभेच्छा एफ.एम कुश्मिसेराका स्टेशन म्यानेजर सुजन पेमी, सिवाईसी साकोस सदस्य सेवाकेन्द्र कुश्मिसेराका परामर्शदाता क्या. पदमवहादुर श्रीस, समाजसेवी डिलप्रसाद पौडेल, समाजसेवी डम्मरवहादुर नेपाली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

जैमीनी १० रुम्टा क्षेत्रका मानीसहरुलाई वित्तीय साक्षरता तथा सहकारी शिक्षाका माध्यमबाट संस्थामा शेयर सदस्य बनाउने अभिप्रायले सञ्चालन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष पौडेलले वित्तीय रुपमा साक्षर बन्ने तरिकाहरु, लघुवित्त कार्यक्रम, सिवाईसी साकोसका सेवा सुविधा लगाएतका विषयहरुमा सहजिकरण गरेका थिए । कार्यक्रमका क्रममा संस्थामा नयाँ बनेका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

१५० जनाको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता सदस्य सेवाकेन्द्र कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजालले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत सह संयोजक विष्णुप्रसाद आचार्य र सञ्चालन सचिव सीपी चापागाईले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply