Sorry, that menu does not exist.
 

गल्कोट हटियाका पूर्व गाविस अध्यक्ष शर्माको स्मृतिमा शोक सभा सम्पन्न

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत २६ । हटिया गाबिसका पुर्व अध्यक्ष स्वर्गिय नन्दराज शर्माको ९ औ दिनको पुन्य तिथीमा श्रदान्जली सभा सम्पन्न भएको छ । नेपाली काग्रेस जिल्ला कार्य समिति बागलुङ र नेपाली काग्रेस गलकोट नगर समितिको सयुक्त आयोजनामा श्रदान्जली सभा सम्पन्न भएको हो ।

शोक सभामा पुर्व सांसद कुलराज शर्मा, प्रकाश शर्मा पौडेल, नेपाली काग्रेस गोरखा जिल्लाका उपसभापति सुकदेव दबार्द, नेपाली काग्रेसका जिल्ला सचिव नवराज गौतम, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, नेपाली काग्रेसका जिल्ला सदस्यहरु सुरेन्द्र बम मल्ल, ज्ञानु कुमारी शर्मा श्रीस, क्षेत्रीय उपसभापति राम बहादुर केसी, नेपाल शिक्षक संद्यका जिल्ला सचिव हेमराज गैरे, नेपालि काग्रेस गलकोट नगर सभापति नारायध्वज मल्ल लगायतले शोक मन्तब्य राखेका थिए ।

शोक सभामा बोल्ने बक्ताहरुले स्वर्गिय शर्मा पार्टी र समुदायलाई मिलाएर लैजान सक्ने क्षमताका मिलनसार ब्यक्ति भएको बताएका थिए ।

परिवारको तर्फदेखि स्वर्गिय शर्माका भाई कृष्णप्रसाद गौतमले धन्यबाद दिएका थिए ।

गलकोट नगरपालिका ३ हटिया घाईरनका शर्मा २०२८ सालदेखि निरन्तर रुपमा अध्यापन पेसामा रहेका थिए । त्यसपछि २०५४ सालको स्थानिय तहको निर्वाचनमा हटिया गाबिसको अध्यक्षमा निर्वाचत भएको गलकोट नगरपालिका ३ का वडा सदस्य झहर बहादुर खत्रीले बताए । शर्माले आफु अध्यक्ष हुदाँ गाबिस भित्रको खानेपानि, मोटरबाटो, गोरेटोबाटोलाई प्रमुख प्राथमिकता दिने गरेको खत्रीको भनाई छ । शर्मा नेपाली काग्रेसका पुर्व जिल्ला सदस्य समेत हुन् । उनका दुई छोरा र एक छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ । श्रदान्जली सभा नेपाली काग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुृर थापको अध्यक्षता र सदस्य फम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply