महेन्द्र केसी, पर्वत २०७५ चैत २६ । सुत्केरी श्रीमती कुटेको आरोपमा फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपाली पक्राउ परेका छन् ।
आइतबार राती ९ बजे ३३ वर्षीया श्रीमती मुना नेपालीलाई मादक पदार्थ सेवन गरी चिपर्ट प्रहार गरेका हुन् । घाइते श्रीमतीको टाउकोमा ३१ टाका लगाइएको छ ।
छिमेकीले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि फलेवास नगरपालिका–१ कार्कीनेटाबाट गएको प्रहरीले श्रीमानलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।