Sorry, that menu does not exist.
 

बसाइ सराई कै बर्ष विरामी परेपछि विपद !

प्रेम सुनार, बुटवल, चैत्र–२५ । भारतको नागालाइर्न स्थित स्टेट पुलिसमा जागिरे थिए गुल्मी मरभुङ्ग ध्वाँघासका ३३ बषिय पदम पौड्याल । १४ बर्ष जागिर भई रहेको बेला गत बर्ष ऋण काढेर रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा एक तले घर बनाएर बसाई सराई गरे ।

जागिर अवधी भित्रमा घर बनाएको ऋण तिर्ने र सुखी जिवन बिताउने सपना साँचेका उनलाई सोचे जस्तो भएन । एक्कासी स्टेट पुलिस अस्पतालले दुवै मगौला फेल भएको भन्दै उनलाई मेडिकल अनफिट ( जगिर गर्न असक्ष ) गराएर जागिरबाट हात धुनु प¥यो ।

घर आए देखि उनि थला परेका छन । महिनाको २० देखि २५ हजार सम्म खर्च गरेर बुटवलका विभिन्न अस्पातलमा डाईलासिस गराउँदै बाँचेको उनि बताउँ छन । घर बनाएको ऋणले श्रीमति अस्मिता पौड्याललाई साहुले थाल खाउँकी भात खाउँ झै बनार्ई रहेका उनै कमाए साहु तिर्नु पर्ने श्रीमान नै त्यो अवस्थामा पुगे पछि उनि ठुलो विपदमा परेकी छन ।

स–साना दुई सन्तान हुर्काउने पढाउने गरेकी अस्मिता यति वेला श्रीमानको उपचारका लागि सडक मै सहयोगको हात फैलाउन बाध्य भएकी छन । ‘ गुल्मीको मालिका गाउँपालिका–८ ध्वाँसको रुखो जमिन किनी दिने मान्छे छैनन र यहाँको यो पुरै घरवासै बेचे पनि श्रीमानलाई बचाउन सक्ने अवस्था छैन, अस्मिताले भनिन–‘ म सबै संग दुई हात जोडेर विन्ति गर्र्छु जति सक्नु हुन्छ त्यति सहयोग गरेर मेरो श्रीमान बचाई दिनुस् । ’

उनका श्रीमान पनि सबै संग जिवनको दुहाई माग्दै भन्छन–‘ मेरो केहि उपाय छैन, आम नेपाली दाजु भाई दिदी वहिनी आमा बुवाको हातमा मेरो जिवन छ , सबै नेपालीको जो आज्ञा । ’

उनका भाई उपेन्द्र पौड्याल भक्कानिदै भन्छन–‘ म आफै न जागिर न कुनै रोजगारमा छु, बुवाको १५ अघि मृत्यु भयो , एउटी बद्धा आमा र श्रीमति र मेरा छोरा छोरी पाल्दैमा मलाई मुस्कील छ , कृपया जो जहाँ हुनुहुन्छ सहयोग गरेर मेरो दाजुलाई बचाई दिनुस् ।’

पौड्यालको उद्धार गर्न चाहनु हुनेले उनको मोवाईल नम्वर ९८०७५१५०८४, उनकी श्रीम्तिको नम्वर ९८०७४५५१८१ र उनका भाईको ९८४३१७८८३३ मा सम्पर्क राख्न सक्नु हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply