भरत सापकोटा बिहुँ २०७५ चैत २८ । काठेखोला गाउंपालिका ६ बिहुं ईनारपानिमा पौवाडाडामा संचालित श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञको पाचौ दिन भक्तजनको भीड लागेको छ । ब्रम्हालिन स्वामी एवं राष्ट्र शंन्त श्री १००८ परमानन्द सरस्वतीको जन्मस्थल परमेस्वर राममन्दिर पौवाडाडा ईनारपानिमा २०७२ बैशाख १२को सालको बिनाशकारी भुकम्पले भत्काएको मन्दिरको पुनर्निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञक पाचौ दिन बुधबार सम्म ७५ लाख रुपैया संकलन भएको महायज्ञ संचालन समितिका कोषाध्यक ठानेश्वर कडेंल ले जानकारी दिईएका छन्।
समितिका उपाध्यक्ष सेमत रहेका वडा ५का वडा अध्यक्ष शिव प्रसाद कडेंल ले जुन किसिमले श्रद्धालुहरु को धुईचो देखिएको छ यो बह्मलिन स्वामि परमानंन्द को उपज भएको बताउदै हिन्दु धर्म संरक्षण गर्न सबै मिलेर अघि बढ्नु को कुनै विकल्प नभएको बताउदै वडा ५को तर्फ बाट दुईलाख ५०सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
२०७२ सालको बिनाशकारी भुकम्पले मन्दिरको कुटी वाचनालय लगायत मन्दिर धर्मशाला पुर्णरुपमा क्षेतबिक्षत बनाएको मन्दिरको पुनं निर्माण गरी बैदिक सनातन हिन्दु धर्मको संरक्षण लगायत समग्र बिहुँलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा चिनाउनका लागि महायज्ञको आयोजना गरिएको समितिका अध्यक्ष टिकाराम कंडेलले बताए ।
भुकम्पले मन्दिरको कुटी धर्मशाला वाचनालय पुर्ण रुपमा भत्किएका छन् यि सबै निर्माण गर्नै पर्ने हुन्छ अध्यक्ष कडेंल ले भने । सो स्थानमा केही समय पछि अस्थाई संरचना बनाएर पुजाआजा गरिदै आएको महायज्ञ मुल आयोजक समितिका सचिव शिवलाल कंडेलले बताए उनले भने यिनै संरचना बनाउन हामि ले महायग्य को आयोजना गरेका हौ हामि सोचेजस्तै भक्तालुहरु को घुईचो लागेको सहयोग पनि जुट्को छ ।
महायज्ञको प्रमुख वाचकको रुपमा परमानन्द बेदवेदाङ्ग विद्यालय विहुं रामकोटका पुर्व बिद्यार्थी प्रखर युवा पण्डित भरत सुबेदीले भक्तालुहरुलाई मंन्त्रमुग्ध पारेरै चित्त बुझाएको देखिन्छ युवा जोसिलो ब्यक्तिरुपमा परिचित सुवेदिले प्रवचनबाट भक्तालुहरु को मन पगालिदिन्छ अनि दान दाताहरु खुशी ले रमाउछन् अनि खुशी मन ले नै सहयोग रकम हस्तान्तरण गरेको देखिन्थ्यो। भक्तालुहरु प्रत्येक दिन प्रवचन मा लोभिएर बढेकै देखिन्छ त्यस्मा राष्ट्रिय कलाकारहरु को सांगितिक भजन ले अझै रौनक थपेको थियो।