Sorry, that menu does not exist.
 

गल्कोटमा आएको असिना,पानी,बाढीले करिब ५ करोडको क्षती, ३ सय रोपनी जग्गा बगाएर अन्नबालि सखाप !

घनश्याम गौतम, गल्कोट २०७६ बैशाख ३ । गल्कोटमा आइतबार देखि परेको भीषण बर्षाले गल्कोटका बिभिन्न स्थानमा क्षेति पुगेको छ । बर्षाका कारण गलकोट नगरपालिकामा करिब ५ करोड बराबरको षति भएको छ भने ३ सय रोपनी अन्न उत्पादित जमिनमा बाढी पसेको छ । गल्कोट नगरपालिका बडा नम्बर १ दुदिलाभाटीमा बढी क्षति पुगेको छ भने गल्कोट नगरपालिकाका करिब २ दर्जन बढी घर बाढीकाकारण बिस्थापित भएका छन् । बाढीले बस्ती जोखीममा पर्दा सामान्य तटबन्ध गर्न करिब १ करोड ५० लाख लाग्ने गल्कोट नगरपालिकाले जनाएको छ । त्यस्तै गलकोट नगरपालिकामा आएको प्रारम्भीक बिबरण अनुसार करिब १ करोड बराबरको कृषि उपज तथा पशुचौपायहरु, करिब ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लुघ जलबिद्युत गृह, २० लाख बराबरको सिचाँईकुलातथा ग्रँमीण सडक अबरुद्ध हुदा १ करोड बराबरको क्षति पुगेको छ । खोला आसपासमा रहेका तटिय क्षेत्र, गकोट हटिया बजार, नरेठाटी बजार तथा अन्य बजार क्षेत्र समेत जोखिममा परको छन् । बर्षासंगैं आएको बाढिले गौधिखोला आसपासका क्षेत्र जोखीमामा परेका छन् ।

नगरप्रमुख उपप्रमुख द्धारा एक महिनाको सुबिधा राहात कोषमा सहयोग गदैं बिपत ब्यबस्थापन कोषको सञ्चालन नवबर्ष २०७६ को शुभारमभको दिन बैशाअ १ गते गलकोटमा परेको असिना पानीले दुदिलाभाटी, नरेठाँटी हटिया लगाएतका क्षेत्रमा प्राकृतिक बिपत्ती निम्त्याएको छ ।

बिपत ब्यबस्थापनको लागी गल्कोट नगरपालिका बिपत ब्यबस्थापन समितीको आयोजनामा सर्बदीलय आकस्मीक बैठक आज सम्पन्न भएको छ । बैठकले गलकोट नगरपालिकामा भएको बिपतको ब्यबस्थापन बिस्थापीत तथा प्रभाबितलाई राहत सहयोग गर्न बिपत ब्यबस्थापन कोष सञ्चालन गर्ने निणय गरेको छ । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचाले १÷१ महिनाको भत्ता तथा सुबिधा उक्त कोषमा जम्मा गरि बिपत ब्यबस्थापन कोष सचालन गनुभएको छ । उत्त खातामा गलकोट नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधीले एक महिनाको सुबिधाको न्यूनतम ३० प्रतिशत जम्मा गर्ने, गलकोट नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारीको बैठकबाट उत्त कोषमा राहात सहयोग गर्ने, र प्रदेश तथा संघिय सरकार सगैं बिपतको राहातको सहयोग गर्न आग्रह गर्ने, अन्य संघ सस्था, देश बिदेशमा रहेका ब्यक्तीबाट सहयोग संकलन गरि बिपतमा रहेका ब्यक्तिलाई राहत सहयोग गर्ने निर्णय भएको छ । बिस्थापितलाई सक्दो सहायोग गरि राहत प्रदान गर्न स्थानियलाई आग्रह गरिएको छ ।

त्यतै गलकोट नगरपालिकामा असिना पानिबाट बिस्थापित तथा प्रभाबितलाई सहयोग गर्न गलकोट नगरपालिकाको बिपत ब्यबस्थापन कोष र्माफत एकद्धार प्रणालिमा सहयोग गर्ने निणय भएको नगरउपप्रमुख रेनुका काउचाले जनाकारि दिनुभयो । काउचाका अनुसार नगरपालिकाले बिपदका कारण बिस्थापित बनेका घर परिबारलाई प्रतिघर १० हजार सहयोग गर्ने घोषणा गरको छ ।

बैठक गलकोट नगरपालिकाका नगर प्रमुख तथा बिपद ब्यबस्थापन समितिका सयोजक गैरेको अध्यक्षता, प्रशासकीय अधिकृत तुल बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो । बंैठकमा गलकोटमा क्रियाशिल राजनैतिक दलका प्रतिनिधी, नगर कार्यपालिकाका सदस्य, सुरक्षाकर्मी तथा पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

बिद्युत गृहमा बाढी पस्दा दुदिलाभाटी बन्यो अन्धकार, नरेठाँटीमा खानेपानीको अभाब

बर्षासंगैं आएको बाढीले गौधिखोला आसपासका क्षेत्र जोखीमामा परेका छन् । बर्षाका करण गलकोट नगरपालिका बाड नम्बर ३मा मनु होटल, स्थानिय राम बहादुर खत्रीको घर, बिरेन्द् श्रेष्ठको घर, स्बास्थ्य चौकी जाने बाटोमा क्षति पुगेको छ । चिसापानी र बौरमा रहेको २ बटा ट्रस बिज बगाएको छ । गलकोट नगरपालिका बाड नम्बर १ दुदिलाभाटि ईन्ङलिस स्कुल, ईश्बर बुढाथोकी, बाड अध्यक्ष नेत्र बहादुर बुढाथोकी, होम बहादुर नेपालीको पक्की घर, सेरबहादुर खड्काको घर, ईन्द्रदेबी पुनको शौचालय, पुर्णब हादुर खत्रीको घर लगाएत टोड्के र सिरबारेमा ७ घरमा क्षति पुगेको छ । गलकोट नगर्पालिका बाड नम्बर १ दुदिलाभाटीमा रहेको गौधिखोला लघु जलबिद्युत आयोजना हुरु पहिलो र दोश्रोको कुलको मुहानमा क्षति पुगेको छ भने २१ किलोबाट क्षमताको तेश्रो र १८ कलिोबाट क्षमताको चौथो जलबिुत आयोजनामा पुर्ण रुपमा क्षती हुदा दुलिाभाटी अन्धकार बनेको छ । त्यस्तै नरेठाटीको खानेपानिको मुहान सहित पाईप बगाउदा खानेपानीको अभाब श्रृजना भएको छ । सौगात कृषि फर्ममा कर्ण बहादुर श्रीसले पालेको ३० ओटा बगुंर मध्ये १६ ओटा बुगुर बगाएको छ । बंगुरको गोठ भत्काएको छ । त्यस्तै गलकोट नगरपालिका बाड नम्बर २ का स्थानिय राम बहादुर थापाको गोठ र कुखुरा फर्म बगाएको छ । दुदिलाभाटि स्बास्थ्य चौकीमा बाढिले प्रभाबित बनाएको छ ।

त्यस्तै गलकोट नगरपालिका बाड नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामाग्री लगाएतका सामाग्री बगाएको छ । गौधिखोलाको नजिक रहेको सार्बजनिक शौचालयमा बाढी पसेको थियो । त्यस्तै दुदिलाभाटिमा नारायण रानाको माछापोखरी, बम बहादुर गुरुङको माछापोखरीमा क्षेति पुगेको छ । नरेठाटि बाट दुदिलाभाटी हुदै बरेङ जाने बाटो खोलामा परिबर्तन भएको छ । बाघमारा खोलामा रहेको खानेपानि, ज्यामिरे र थलिङमा रहेको सामुदायिक बिद्यालय तथा बालबिकास केन्द्रमा क्षेति पुगेको छ ।

काडेबास मल्लममा रहेको जलबिद्युत तथा दरमखोला जनबिधुत प्रँलिमा समेत क्षेति पुगको छ । त्यस्तै गलकोट नगरपालिका वडा नं ४ चमुवाको लहरेनी सिचाइ योजना र लहरेनी खानेपानी योजनाको मुहान बगाउदा करिब २ सय घर परिवारलाई खानेपानीको समस्या भएको छ । त्यस्तै गलकोट नगरपालिका वडा ंनं ४ चमुवा कोलाको मान बहादुर क्षेत्रीको घर र देवेन्द्र सुवेदीको घर उच्च जोखिममा रहेको छ । गलकोट नगरपालिका वडा नं ४ नुवाकोटको तीजको डाडाँ घुम्ती, ओखरबोट रातोपुल लगायतका स्थानमा मोटरबाटो अवरुद्ध भएको वडा अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिनुभयो । यस्तै गलकोट नगरपालिका वडा नं ६ को चरौदी गुयली सेतिवेशी मोटरबाटो समेत वर्षाका कारण अवरुद्ध भएको छ ।

आइतबार दिउसो २ बजेबाट गलकोटमा असिना सहितको बर्षा भएको छ । बर्षा संगैं आएको बाढिले खोला आसपासका क्षेत्रहरु कटान गरको छ । बाढिले गलकोट हटिया बजारमा समेत क्षेती हुन पुर्याउन सक्ने सम्भाबना बढेको स्थानियको भनाई छ । गलकोट नगरपालिकाको दुदिलाभाटि ,२ नरेठाटी, हटिया, हरिचौर मजुवा लगाएतका स्थानमा असिना सहित बर्षाहुदा गलकोट नगरपालिकाको अन्य क्षेत्रमा आशिंक बर्षा भएको थियो । त्यस्तै आज पनि वर्षा भैरहेको छ ।

यस्तै गल्कोटमा आएको असिना पानीले करिब ५ करोडको क्षत्ति, ३ सय रोपनी जग्गा बगाएर अन्नबालि बगर सखाप सोमबारको बर्षाले बालबिकास केन्द्र बगायो । गलकोटमा सोमबार पनि भिषण बर्षा भएको छ बर्षाले गलकोट नगरपालिका वडा नम्वर १ को भैसेमा रहेको फुलबारी बाल बिकास केन्द्रको भबन बगाएको छ । स्थानिय राम बहादुर भण्डारीले घर नजिकबाट पहिरो गएकोले बिस्थापित भएका छन । भाटिबजार देखी तल रहेको खेतमापनि बाढि पसेको वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले जनाकारि दिए ।

शिबालय प्राथमिक बिद्यालयमा बाढी पसेको छ भने गलकोट नगरपालीका वडा २ नरेठाटी देखी दुदिलाभाटी हुदै बरेङ गाउपालिका पेरिवाङजाने मोटरबाटोमा रहको ६ सय एमएमको २ ओटा ह्युम पाईप २९ घनमिटर सोलीङ तथा नाली निर्माण गर्न तयारी राखिएको ढङ्गा बगाएको छ । गण्डकी प्रदेश सरकारले स्तरिकरण गनर् बजेटको ब्यबस्था गरेपछि निर्माणको काम सञ्चालन भैरहेको उत्त सडकको निर्माणको लागी राखिएको २ टिपर बालुवा, १ टिपर गिट्टि र २ सय ५० एम एमको ४ बटा पाईप बगाएको उपभोक्ता समितिका अध्यक्ष बम बहादुर गुरुङले जनाकारी दिए । क्षतिको थप बिबरण आउन बाकीँ छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply