घनश्याम गौतम गल्कोट २०७६ बैशाख ३ । गल्कोट नगरपालिकाले बैशाख १ गते आएको असिना पानीले गलकोटमा भएको पशु चौपाय र जीवजन्तु, भौतिक पुर्वाधार र बालिनालिमा क्षतिप्रति दुख ब्यक्त गदैं प्राकृतिक प्रकोप निकै निर्मम र कठोर हुने अनुभूती सबैले भोग्दै आएको बास्तविकतालाई गल्कोट नगरपालिकाव्दारा आज प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नगर प्रमुख भरत शर्मा गैरे व्दारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ, प्राकृतिक प्रकोप जुन सुकै बेला जना सक्ने भएकोले गौधि तथा दर खोला आसपासका तटिय क्षेत्रमा रहेका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गदैं बिपदबाट प्राभाबितहरु कत्तिपनि बिचलित नभई धैर्यधारण गर्न आग्रह गर्दछौ ।
बिज्ञप्ती मार्फत गलकोट नगरपालिकाको सिंङ्गो टिम उद्धार र राहातको लागी खटेको अबगत गराउदैं नागरिक प्रति उत्तरदायि संघिय सरकार, प्रदेश सरकार सहित सम्पुर्ण संघ सस्था ब्यबसायि सम्पुर्णलाई राहत र उदारको लागी जुट्न बिज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
यसैबिच गल्कोट नगरपालिका बाड नम्बर २का बाड अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले एक बिज्ञप्ती जारी गदैं गलकोटमा भएको पशु चौपाय र जीवजन्तु, भौतिक पुर्वाधार र बालिनालिमा क्षतिप्रति दुख ब्यक्त गरेका छन् । बाड अध्यक्ष हिम बहादुर भण्डारीद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा प्राकृतिक प्रकोप जुन सुकै बेला जना सक्ने भएकोले उच्च सर्तकता अपनाउन आग्रह गदैं राहत र उद्धारमा सहभागि हुन बाडबासीलाई आव्हान गरिएको छ ।