Sorry, that menu does not exist.
 

आजको तस्वीर : बेमौसमी वर्षाले गल्कोटमा उत्पात !

शव्द/चित्र : गुमानसिँह भण्डारी,

गल्कोट २०७६ बैशाख ४ । नववर्षको पहिलो दिन गल्कोट उपत्यकामा परेको बेमौसमी भीषण वर्षाको कहरबाट गल्कोटबासीहरु उब्रन पाएका छैनन् । सयौँ मुरी पाक्नलागेको अन्नबाली नष्ट भएको छ । थुप्रै भौतिक संरचनाहरु ध्वस्त भएका छन् । स्थानीयवासी गास र बासको समस्याले पिरोलिएका छन् । राहत सहयोगको अपेक्षामा रहेका पीडित परिवारहरुका लागी गल्कोट नगरपालिकाले केहि सहयोगको प्रस्ताव अघि सारेको छ । सहयोगी मनका धनीहरुले गच्छे अनुसारको सहायता जुटाउन सक्रिय रहेको अवस्था छ । देश विदेशमा रहेका गल्कोटवासीहरुबाट सहयोग जुट्ने सरोकारवालाहरुले विश्वास लिएका छन् ।

तत्कालको लागि राहत रकम संकलन गरेर पीडितहरुलाई सहयोग पुराउने प्रयास गरिएपनि यसको स्थायी समाधानको लागि प्रयास हुनु जरुरी छ । गौदी खोलामा सालबसाली रुपमा आईरहने बाढी पहिरोले सयौँ परिवार प्रभावित बन्दै गएका छन् । वर्षा याममा त गौदी खोलामा उर्लेर आउने भीषण बाढीले सयौँ मुरी अन्नबालि उव्जनी हुने खेतबारी मात्रै नभएर हटिया र आसपास खोला किनारका बस्तीहरुलाई त्राहिमाम बनाउने गरेको विगतले देखाएको छ । नववर्ष प्रारम्भकै दिनमा गौदी खोला (दरम खोला) मा आएको बेमौसमी बाढीले गुल्मी बडीगाड खोलामा निर्माणाधीन मोटरेबल पुल भत्कायो भने वर्षातको मौसममा उर्लेर आउने गौदी खोलाले कति डरलाग्दो कहर निम्त्याउन सक्ला ?

बैशाख १ गतेको बेमौसमी वर्षाले गल्कोट नगरपालिका -१ दुदिलाभाटी- २, नरेठाँटी- ३ हटिया लगायतका बस्तीहरुमा अपूरणीय क्षती पुराएको छ । कुनै मानवीय क्षतीको समाचार नभएपनि भविष्यमा यस प्रति सरोकारवालाहरु सतर्क र सजग हुन पर्ने निश्चित छ । सोचौँ समयमै, गरौँ समयमै ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply