Sorry, that menu does not exist.
 

ताराखोला र तमानखोला गाउँपालिकाका दुई विद्यालयहरुमा पशुविज्ञान विषय अध्यापन हुने !

खगेन्द्र विश्वकर्मा, बागलुङ ताराखोला २०७६ बैशाख ६ । बागलुङ जिल्लाको ताराखोला र तमानखोला गाउपालिका स्थित दुई बिद्यालयहरुमा पशु विज्ञान विषय अध्यापन हुने भएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी, भक्तपुरले सम्बन्धन दिएको छ ।

विद्यालय शिक्षालाई व्यावहारिक तथा प्रयोगात्मक बनाउने अभियानमा नेपाल सरकारले विभिन्न कार्यक्रम संचानल गर्दै आएको छ । यहि सिलसिलामा ताराखोला गाउपालिका वडा ४ तारास्थित नेपाल माविमा प्राविधिक शिक्षा अन्तरगत पशुविज्ञान संचालनहुने भएको हो ।

नेपाल माध्यमिक विद्यालय, ताराले गत फागुनमा आयोजना गरेको विद्यालयको स्वर्ण महोत्सवको अवसरमा अबको आवश्यकता प्राविधिक शिक्षा भएकोले अव प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्यलाई अगाडि सारेको थियो । सोहि अभियानलाई सफल बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदम सक्रियताका साथ लागि परेकाले अहिले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी, भक्तपुरको सम्बन्धनमा नेपाल मा।वि। तारा, ताराखोला गाउँ पालिका तारा गाउँमा पशुविज्ञान विषयको पठनपाठन कार्यक्रम शुरूहुने गरि कार्य अगाडि बढाउन सफल भएको अध्यक्ष दिवश खत्री पदमले ईबागलुङलाई बताए ।

उनले यस अभियान सफल बनाउन विद्यालय संग सम्बन्धित सम्पुर्ण आर्थिकक भौतिक, नैतिक सहयोग कर्ताले आफुलाई उर्जा दिएकोले आफुलाई प्रेणणा मिलेको बताए । प्राविधिक शिक्षा संचालन गर्ने बिषयमा आफुले आवश्यक पहल गर्ने पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्षले स्वर्ण महोत्सवको मुलसमारोहमा नै ताराबासी जनतालाई बचन दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्राविधिक शिक्षा संचालनको लागि संम्बन्धन लिनमा महत्त्वपूर्ण योगदान रहेको जानकारी दिए । अब व्यवहारिक शिक्षा पशु विज्ञानको अध्ययन गरि नेपालको कृषि क्षेत्रको विकाषबाट राष्ट्रलाई सम्वृद्धिमा लैजाने गरि आफुहरु लागि पर्ने उनले बताए ।

प्राविधिक शिक्षा संचालनको अन्य आवश्यक तयारिमा आफुहरु लागिरहेको नेपाल माविका प्रध्यानाध्यापक थमप्रसाद रोकाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply