चन्द्रमणी न्यौपाने, गल्कोट २०७६ बैशाख ७ । बशिष्ट गोतृय गैरे बन्धुहरुको गल्कोट नगरपालिका ४ मा निर्मित कुल मन्दिरको बिधिबत उद्घाटन गरिएको छ । नबनिर्मित कुल मन्दिरको उद्घाटन गर्दै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले असल समाज निर्माणका लागि सबै क्सजातजाति तथा गोत्रका आ- आफ्नो ऐतिहासिक पृष्ठभुमिको पहिचान हुनुपर्ने बताए । गैरेले राम्रा सस्कारको संरक्षण गर्नुपर्ने सबैको दाइत्व भएको बताए ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख गैरे, वडा अध्यक्ष बल बहादुर गैरे खत्री, नगर कार्यपालिका सदस्य शिव कुमारी गैरे खत्रिलाई गोतृय सम्मान गरिएको थियो ।
मन्दिर उद्घाटनको अबसरमा होमलाल गैरेले बसिस्ट ऋषिको मुर्ती र गगन गैरे खत्रीद्वारा मन्दिरको मुल घन्टा अर्पण गरिएको मन्दिर मुख्य पुजारी दुर्गादत्त गैरेले बताए । बिशिस्ट चन्दादाता भुमा कुमारी गैरे खत्री, ललित बहादुर गैरे खत्री, बल बहादुर गैरे खत्री, जग्गादाता शेरबहादुर खत्री र डम्बरबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।
उक्त अबसरमा खरुवा मा. बि. का प्रधानाध्यापक हेमराज गैरे, गोल्डेन फ्युचर बोर्डिङ स्कुलका पृन्सिपल चुडामणिा शर्मा, समाजसेवी सुर्मादत्त न्यौपाने लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम कुल मन्दिर निर्माण समितिका अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष डम्बरबहादुर खत्रीको स्वागत मन्तव्य र चिन्तामाणी गैरेको संचालनमा सम्पन्न भएको थियो ।
मन्दिर निर्माण लागत १७ लाख,संकलन भयको २३ लाख, बाकी ५ लाख गैरे कल्याणकारी कोषमा राखिने जनाइएकाे छ ।