शव्द/चित्र : छविलाल पाण्डे
बुर्तिबाङ २०७६ बैशाख ७ । बागलुङ र प्युठान जिल्लाको सिमानामा पर्ने प्रर्यटकिय मनमोहक स्थल नाङगे धुरीमा पुग्ने प्रर्यटकको सँख्या पछिल्लो समय बृद्धि भएको छ ।
अतिनै मनमोहक दृश्यले सृजीत नाङगे धुरी बागलुङ जिल्लाको निसीखोला गाउँपालिका १ र प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं.३ को सीमानामा पर्दछ । समुन्द्रि सतहदेखि तिनहजार दुइ सय बर्गकिलोमिटर उचाइमा रहेको उक्त धुरीबाट बागलुङ जिल्लाको आधा भुभाग सँगै प्युठान, म्याग्दी, रुकुम, रोल्पा, गुल्मी लगाएतका जिल्लाको विभिन्न भूभाग सँगै धवलागिरी, माछापुच्छ्रे हिमसृङखला, देख्न सकिन्छ ।
प्रत्यक बर्ष बैशाख १ गते नयाँ बर्षको अवसर पारेर सयौँ प्रर्यटकहरु नाङ्गे धुरी पुग्ने क्रममा बृद्धि भएको स्थानिय समाजसेवी भिम रोकाले ईबागलुङलाई बताए । दुई जिल्लाको सीमानामा पर्ने उक्त क्षेत्रमा समथर भूभाग, आसपासका क्षेत्रमा राताम्मे फुलेका लालीगुराँस, वरीपरीवाट घेरिएका डाँडा अनी खुल्ला आकाशमा देखिने हल्का कुहिरोले नाङ्गे पुग्ने जो कोहि पनी स्वर्णिम आनन्द नलिइ फर्कदैन ।
पहिलो पटक नाङगे धुरी पुग्ने अवसर २०७६ साल बैशाख १ गते जुर्यो । हामी नाङ्गे जानलाई तयारी अवस्थामा पुग्यौँ । नयाँवर्षको नयाँ बिहान ६ बजेनै त्यसक्षेत्रको यात्रा तय भयो । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ, सेरा, हुँदै निसीखोला गाउँपालिकाको देविस्थान, जुग्जाखोला हुँदै छापाखानी सम्म गाडीमा यात्रा गरेर नाङ्गे धुरीको अवलोकनमा निस्किएका हामी बिहानको साढे ७ बजे छापाखानी पुग्यौँ ।
कार्यक्रम आयोजक सँस्था स्टार युवा क्लबको आग्रहमा हामी त्यस रमणीय स्थलमा पुगेका थियौँ । छापाखानीमा पुग्दा क्लबले हाम्रो समुहलाई सम्मान समेत गर्यो र हामी छिटो नाङ्गे पुग्नुपर्छ भन्ने मान्यतामा थियौँ । करिब २० मिनेट बसाई पछि ७ः२० मा नाङगेधुरीको यात्राका लागि पैदल यात्रा तय भयो ।
उकालो बाटो तर धेरै जना पर्यटक र स्थानिय क्लबका पदाधिकारीहरुको सक्रिय सहभागिता सँगै उकालोमा रमाउँदै डाँडाकाँडा हेर्दै करिब ११ बजे ठुलो नाङ्गेमा पुगियो , ठुलो र सानो नाङ्गे गरी करिब १ घण्टाको फरकमा टाढा रहेका दुई धुरीको अवलोकन गरीरहँदा त्यहाँ बागलुङ, प्युठान, रुकुम, रोल्पा, गुल्मी लगाएत छिमेकी जिल्लाका पर्यटकहरुको बाक्लो उपस्थिती देखिन्थ्यो । आफनै तालमा बाध्यबादनका साधन सँगै नाचगान गर्नेहरुको सँखया अधिक थियो । झोलामा खाजा लिएर गएका उनिहरु खजा खाँदै नाचगान गर्दे नाङगे धुरी र आसपासका वनमा फुलेका लालीगुराँसको तारिफ गर्दे थिए ।
नाङ्गे धुरीको बयान सुन्दै गएका हामिपनी त्यहाँ पुग्दासाथ एकछिन रनभुल्लै पर्यौँ त्यहाँबाट खुल्ला रुपमा देखि डाँडाकाँडा र आसपासमा देखिने राताम्मे लालीगुराँस फुल देखेर त्यहाँ पुग्दा उकालोको थकान मेटिसकेको थियो । सम्भावना धेरै बोकेको तर स्थान नपाएको नाङ्गे धुरी साँच्चिकै एक पर्यटकीय स्थलको रुपमा अगाडी बढाउन सक्ने र उचित व्यवस्थापन गर्ने हो भने धेरै सम्भावित क्षेत्रको रुपमा विकास गर्न सकिने पर्यटकहरुको ठहर थियो । चिसो हावा सँगै खुल्ला आकासबाट देखिने धुरी र वनजँगल हिमसृङ्खला हेर्दे गर्दा सबैभन्दा अग्लो स्थानमा पुगेको भान प्राय सबैलाई भयो ।
भौगोलिक कठिनाइ र आवस्यक पुर्वाधार, खानेपानी नभएको उक्त क्षेत्रमा प्रर्यटन आकर्षण गर्नका निम्ती सडक, मठमन्दिर, खानेपानी, बस्ने बास स्थल, खानपानको व्यवस्थापन अपरिहार्य छ । सुविधा पुर्याउन सक्ने हो भने उक्त क्षेत्रमा हजारौँ प्रर्यटकले अवलोकन गर्ने र आम्दानीको श्रोतलाई समेत उत्तिकै बृद्धि गर्न सकिन्छ भन्ने हाम्रो ठम्माइ हो ।
तामाखानी, बाइस मुल, कोठिभिर, बल्दे, पञ्चासे देउराली, लरी, तिखाचुली, सानो नाङगे, ठुलो नाङगे, माझधारा त्यसक्षेत्रका चर्चित नामको रुपमा छन् । नाङगे धुरीमा पुग्दै गर्दा करिब ३ घण्टाको समय हामिले मनोरमप्रर्यटकिय स्थल हेर्दे गर्दाे व्यातित गर्यौँ र साझँ रमाइलो गर्दे पुनह गन्तव्यमा फकियौँ बिहानै पुगेका पर्यटक समेत आफनै रफतारमा विस्तार गन्तव्यमा फर्कने क्रम जारी थियो ।