Sorry, that menu does not exist.
 

गल्कोट हटिया बजारको एक तीनतले घरमा आगलागी, लाखौँको क्षेती !

गल्कोट २०७६ बैशाख ७ । गल्कोट नगरपालिका ६ हरिचौर चरौदीका हेम बहादुर खत्रीको गल्कोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा रहेको तीनतले घरमा आगालागि भएको छ।

घरमा डेरा गरि बस्ने बिना दर्जीले खाना बनाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले ईबागलुङलाई जानकारी दिए ।

हटियाको पुरानो बजारमा रहेको थापाको तीनतले घरको उपल्लो तला जलेर नष्ट हुँदा डेरा गरि बस्नेहरुको सामान सहित करिव १५ लाख बरावरको क्षती भएको प्रमुख जिल्ला अधिकारी खरेलले बताए । आगो स्थानियवासी, जनप्रतिनिधिको सक्रियतामा खानेपानीको पाइप लाइन काटेर नियन्त्रणमा लिइएको खरेलले बताए ।

हटियाबाट सहकर्मी घनश्याम गौतमले दिएको जानकारी अनुसार आज साँझ ५ बजेको समयमा हेमबहादुर खत्रीको घरमा लागेको आगोले अर्को घरमा पनि क्षती पुगेको छ । आगलागी २ घण्टापछी नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएपनि आगालागी बाट उक्त घर जलेर पुर्ण रुपमा नष्ट भएको छ भने उक्त घर संगैं जोडिएको तुलसी साहानीको घरको छानो समेत भत्किएको गलकोट नगरपालिका बडा नम्बर ३ का अध्यक्ष बिरजंग भण्डारीले जनाकारि दिए । ३ तला रहेको उक्त घरको पहिलो तलमा होटल र दोश्रो तथा तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए । आगोमा २ ग्यास सिलिन्डर पड्किएका थिए । आगो नियन्त्रणका क्रममा उक्त घरको प्रमुख जिल्ला अधिकारी खरेलले स्थलगन अबलोकन समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply