रनिश रानामगर बागलुङ २०७६ बैशाख १२ । काठेखोला वडा नम्बर १ को धिमी करिना माविमा यस शैक्षिक सत्रको पहिलो अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा यस शैक्षिक सत्र २०७६ का विद्यालयका बार्षिक योजनाहरू विद्यालयका शैक्षिक योजना तथा रणनीतीहरुको बारेमा विद्यालयका प्रधानाध्यापक बालचन्द्र भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन माथि अन्तरक्रिया तथा छलफल भएको थियो।
प्रस्तुत प्रतिवेदन उल्लेख्य रुपमा उपस्थिति रहेको अभिभावकहरुले उक्त प्रतिवेदन विद्यालयले पालना गरि विद्यालयको शैक्षिक स्तर वृद्धि गर्नुपर्ने र उक्त कार्यमा अभिभावक को साथ र समर्थन रहने प्रतिबद्धता सहित प्रतिवेदन पास गरिएको थियो।
विशेषतस् यस्ता कार्यक्रम विद्यालयमा नियमितरूपमा आयोजना गर्न सके विद्यालय प्रति अभिभावक चासो बढ्दै जाने र विद्यालयले चाहेको शैक्षिक उन्नति गर्न सहज हुनेर विद्यालय र समुदाय विचको सम्वन्ध पनि सुमधुर रहने विद्यालयका विव्यस अध्यक्ष हरिप्रसाद शेरचनले वताएका थिए
उक्त कार्यक्रममा अभिभावक ,विद्यालय र शिक्षाको सम्बन्ध र महत्व विषयक जानकारी तथा प्रशिक्षण विद्यालयका शिक्षक देव बहादुर छेत्रीले गरेका थिए। साथै कार्यक्रममामा गत शैक्षिक सत्रमा पुरस्कृत हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। विद्यालयमा भर्ना हुने सम्पुर्ण विद्यार्थीलाइ विद्यालयले मुस्कान सहित स्वागत पनि गरेको थियो । साथै लोकसेवा परीक्षामा उत्तीर्ण भई स्थायि भएका शिक्षक रतन थापालाई बधाई संगै सम्मान गरिएको थियो र नव आगन्तुक शिक्षकलाई पनि विद्यालयले स्वागत गरेको विद्यालयका शिक्षक लक्षुमन थापाले जानकारी दिए ।
उक्त कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका संयोजक धनबहादुर थापाले गरेको कार्यक्रमको स्वागत शिक्षक मान बहादुर थापा र सन्चालन शिक्षक गोरे विकले गरेका थिए ।