Sorry, that menu does not exist.
 

स्थानिय तहका समस्या स्थानिय तहमै मिलाउदा दुवै पक्षले न्याय पाएको अनुभूति : उपप्रमुख काउचा

उपभोक्ता समितिका पदाधिकारीका लागि २ दिने योजना संचालन र क्षमता अभिबृद्धि

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख १३ । स्थानीय तहको क्षेत्राधिकारमा परेको विवादलाई न्यायिक रूपमा निरूपण गर्न संविधानले व्यवस्था गरेको न्यायिक समितिले स्थानीय तहमै धमाधम विवाद मिलाइरहेका छन । सुरुमा कमजोर व्यवस्थापन क्षमता र न्यायिक ज्ञानको अभावले क्रियाशील हुन नसकेको न्यायिक समिति पछिल्लो समय क्रियाशील हुन थालेको हो । न्यायिक समितिहरूलाई स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवादलाई मेलमिलापमार्फत निरूपण गर्ने जिम्मा स्थानीय शासन सञ्चालन ऐनले दिएको छ । त्यसैगरी अर्काको बाली नोक्सानी, घरपालुवा पशुपक्षी हराएको वा पाएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको र नाबालक छोराछोरी वा पति–पत्नीलाई खान, लाउन वा शिक्षादीक्षा नदिएको विषय निरूपण गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । सोहि अनुसार आफुहरुले काम गर्दै आईरहेको गलकोट नगरपालिकाका न्यायिक समिति संयोजक तथा नगरउपप्रमुख रेनुका काउचा मगरले ईबागलुङलाई जानकारी दिईन् । उनले सुरुवाति चरणमा सामान्य छलफलका आधारमा मेलमिलाप गराउने गरेको भएपनि अहिले भने औपचारिक रुपमा अदालति प्रक्रियाका आधारमा मुद्धाहरु मिलाउने गरेको बताईन ।

धमाधम विवाद मिलाउँदै बागलुङको गल्कोट नगरपालिकामा २५ वटा विवाद मिलाइएको छ । आफूले कार्यभार सम्हालेदेखि अहिलेसम्म न्यायिक समितिका आएका सम्पुर्ण विवादहरु मेलमिलापबाट समाधान गरेको संयोजक काउचाको भनाई छ । उनले स्थानिय तहमा भएका समस्याहरु स्थानिय तहमै मिलाउदा दुवै पक्षले न्याय पाएको अनुभुति भएको बताइन् ।

गल्कोटको न्यायिक समितिमा बिशेष गरि घरयासी झैझगडाका मुद्दाहरु आउने गरेको न्यायिक समितिका सदस्य झहर बहादुर खत्रीले बताए । प्रक्रियाका आधारमा जाँदा ठुलो मुद्दालाई एक हत्तासम्म लाग्ने गरेको उनको भनाई छ । हालसम्म परेका सबैजसो मुद्दाहरु न्यायिक समितिले नै मिलाएको सदस्य पदम कार्कीले बताए ।

यसैवीच गल्कोटको हटियामा उपभोक्ता समितिका पदाधिकारीका लागि आजदेखि २ दिने योजना संचालन र क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ । गल्कोट नगरपालिका ३ को आयोजनामा वडा भित्र भएका करिब ३२ योजनाका उपभोक्ता समितिलाई उपभोक्ता समितिको काम, कर्तब्य, अधिकारी लगायतका बिषयमा सहजिकरण गरिएको हो ।

बिशेष गरि योजनाका बिषयमा उपभोक्ता समितिलाई उपयुक्त ज्ञान नहुदाँ झण्झट खेप्नु भएको भन्ने गुनासोका आधारणमा वडाका तालिमको आयोजना गरिएको वडा अध्यक्ष वीरजङ भण्डारीले बताए । तालिमको गल्कोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बिक, वडा सचिव आनन्द्रप्रसाद शर्मा, नगरपालिकाका ईन्जिनियर कन्चनजंङ कार्की लगायतले सहिजकरण गरेका छन् । तालिकमा ३२ योजनाका ५० जना बढी उपभोक्ता समितिको सहभागीता रहेको छ ।उपभोक्ता समितिका पदाधिकारीका लागि आजदेखि २ दिने योजना संचालन

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply