मन्दिप निउरे, गल्कोट २०७६ बैशाख १४ । भोली देखि सुरु हुने कक्षा १२ को परीक्षामा गल्कोटमा गल्कोट माध्यमिक बिधालय केन्द्र हटिया र पृथ्वी माध्यमिक बिधालय केन्द्र हरिचौर दुई परीक्षा केन्द्र रहेका छन । भोली बिद्यार्थीले अनिवार्य अङ्ग्रेजी बिषयको परीक्षा दिने छन । गलकोट माध्यमिक बिधालय केन्द्र र पृथ्वी माध्यमिक बिद्यालय केन्द्रमा परीक्ष्क्षाको सम्पुर्ण काम पुरा भएको छ । गलकोट माध्यमिक बिधालय परीक्षा केन्द्र हटियामा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष लालबहादुर भण्डारीको अध्यक्षतमा बसेको बैठकले ७ सदस्य परीक्षा सन्चालन सहयोग समिति गठन गरिएको छ । उक्त बैठकमा केन्द्र अध्यक्ष ,बिधालयका प्रधानाध्यापक ,शिक्षक प्रतिनिधि , सुरछाकमि स्थानी समाजसेवी बुद्धिजीवी संयुक्त बैठकले परीक्षा शान्त मर्यादित स्वच्छ बाताबरणमा सन्चालन गर्ने निर्णय गरिएको गल्कोट माध्यमिक बिधालय हटिया केन्द्रका केन्द्र अध्यक्ष राम बहादुर खत्रीले जानकारी दिए ।
गल्कोट माध्यमिक बिधालय केन्द्रमा ७ बिधालयका बिद्यार्थीले परीक्षा दिदै छन, जसमध्य जनजागृति माध्यमिक बिधालय काडेबासबाट ५६, शिब माध्यमिक बिधालय काडेबास बाट २९ ,हरि माध्यमिक बिधालय हिल बाट ४९ ,पृथ्वी माध्यमिक बिधालय हरिचौर बाट ४५,महेन्द्र माध्यमिक बिधालय नरेठाटी बाट २०, सरस्वती माध्यमिक बिधालय दुदिलाभाटी बाट ३१ ,सौराहा माबी सौराहा बाट १५ गरि जम्मा गलकोट माध्यमिक बिधालय परिछा केन्द्रमा २४५ जनाले परीक्षा दिने केन्द्र अध्यक्ष राम बहादुर खत्रीले जानकारी दिए ।
तेस्तै गरि पृथ्वी माध्यमिक बिधालय हरिचौर केन्द्रबाट ४ बिधालयका बिद्यार्थीले परीक्षा दिदैछन जसमध्य गलकोट माध्यमिक बिधालय हटिया बाट १४८ ,नेपाल माध्यमिक बिधालय ताराखोला बाट ६६,पान्डाखानी माध्यमिक बिधालय बाट २७ ,न्यूलाइफ बोर्डिङ स्कुलबाट ५२ गरि जम्मा २९३ जनाले परीक्षा दिने पृथ्वी माध्यमिक बिधालयका केन्द्र अध्यक्ष सेर बहादुर थापाले जानकारी दिए ।