बागलुङ २०७६ बैशाख १४ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा, बास्कोटमा रहेको शालिकग्राम बचत तथा ऋण सहकारी संस्थाले शनिबार सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना शेयर सदस्यहरुका लागि लक्षित गरी गरी आयोजना गरिएको तालिममा नेपालमा सहकारीको विकास, सहकारीमा शेयर सदस्यको भुमिका र अन्य विषय प्रकाश पारिएको थियो । कार्यक्रममा बोल्दै सहकारी संस्थाका सल्लाहकार एवं बानपा–१३ का वडा सदस्य भवानी प्रसाद रिजालले सहकारीले हरेक वर्गको उत्थानका लागि सहयोग गर्ने बताए । उनले सहकारीमा सानो सानो बचतले भविश्यमा ठुलो राहत पुग्ने बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार रामप्रसाद अधिकारी, यज्ञ प्रसाद रिजाल, सहभागीको तर्फबाट शेयर सदस्य सदानन्द रिजाल, र लक्ष्मी शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण सहकारी अभियान्ता एवं गाजा सहकारी संस्थाका संस्थापक अध्यक्ष सुर्य प्रसाद कंडेल, साधना लघुवित्तिय संस्थाका प्रवन्धक माधव रिजाल संस्थाका कार्यसमिति सदस्य नारायण रिजालले गरेका थिए ।
कार्यक्रमको उद्देश्य र संस्थाको बारेमा संस्थाका शिक्षा उपसमितिका सदस्य ऋषिराम रिजालले प्रष्ट पारेका थिए ।
सहकारीले आगमी दिनमा शेयर सदस्य र शेयर पुँजी बृद्धि गर्ने बताएको छ । सहकारीमा हाल १ सय ९७ शेयर सदस्य आवद्ध रहेका छन ।
संस्थाका अध्यक्ष दयाराम रिजालको अध्यक्ष सदस्य बलराम रिजालको स्वागत र सचिव सागर रिजालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।