Sorry, that menu does not exist.
 

गल्कोटमा ईलाका प्रशासन, मालपोत, नापी कार्यालयको माग गर्न प्रतिनिधी मण्डल राजधानी जाँदै !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख १५ । गल्कोट नगरपालिकामा ईलाका प्रशासन, मालपोत र नापी कार्यालय माग गर्ने निर्णय भएको छ । गल्कोटबासीको आवश्यकतालाई मध्यनजर गरि गल्कोटमा ३ संस्था स्थापनाका लागि माग गर्ने निर्णय भएको प्रवक्ता हिम बहादुर भण्डारिले ईबागलुङलाई बताए । गल्कोट नगर कार्यपालिकाको बैठकले नगरप्रमुख भरत शर्मा गैरे नेतृत्वको टोलीलाई माग गर्न जानका लागि जिम्मेवारी प्रदान गरिएको वडाध्यक्ष भण्डारीले बताए ।

बैठकमा आगामि आर्थिक बर्ष २०७६र०७७ को निति, कार्यत्रम, बजेट योजना तर्जुमा, बिषयगत समितिको संयोजक गठन गर्ने, जग्गा प्राति गर्न अधिकार तोक्ने निर्णय गरेको छ । त्यस्तै वालविकास केन्द्रका सहजकर्तालाई पोशाक सुबिधाका लागि जनही ४ हजार उपलब्ध गराउने, शिक्षा, युवा, तथा खेलकुद साखाको लागि जनशक्ति ब्यवस्थापन गर्ने, आगामि बैशाख २२ गतेदेखि बिषयगत समिति सङ्ग सरोकार राख्ने सरोकारवालाहरूबिच अन्तरक्रिया गर्ने, गलकोटमा बाढिले पुर्याएको क्षति तथा विपद व्यवस्थापन समितिको वैठक अनुमोदन गर्ने, गलकोट नगरभित्रका खानेपानिका मुहान दर्ता, गत चैत महिनाको योजना फरफारक गर्ने लगायतका बियषमा छलफल गरि निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply