Sorry, that menu does not exist.
 

बागलुङ नगरपालिकाव्दारा संस्थागत बिद्यालयहरुका नाममा उर्दी जारी : आफु खुसी केहि नगर !

वागलुङ २०७६ बैशाख १६ । बागलुङ नगरपालिकाले नगरपालिका भित्र रहेका केहि संस्थागत विद्यालयहरुले पूर्व स्वीकृति नलिई आफु खुसी शिक्षण शुल्क बृद्धिगरी उठाईरहेको, विद्यालयबाटै पाठ्यपुस्तक, स्टेशनरी, पोशाक लगायतका सामाग्री बिक्री वितरण गर्ने गरेको विषयलाई लिएर सोमबार एक उर्दी जारी गर्दै नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ ।

उर्दीमा, नगरपालिकाको पूर्व स्वीकृति नलिई कुनैपनि शिर्षकमा शुल्क बृद्धि नगर्न तथा संस्थागत विद्यालय संचालन तथा व्यवस्थापन निर्देशिका २०६९ (संशोधन सहित) तथा प्रचलित ऐनकानून विपरीत अन्य काम गर्न तुरुन्त बन्द गर्न, सूचित गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply