गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख १७ । गल्कोट नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सयुत्तm आयोजनामा नगरपालिकाको कार्यालयमा संचालन गरिएको लैङ्गिक सचेतना तथा सरसफाइ सम्बन्धी १ दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमलाई सम्वोधन गदै नगरप्रमुख भरत शर्मा गैरेले विद्यालय लैङ्गिक वातावरण मैत्री भए शैक्षिक क्रियाकलाप प्रभावकारी हुने बताए काछन् ।
नगरप्रमुख गैरेले बिद्यालयमा लैङ्गिक मैत्री संरचना बन्दै गर्दा सुशासनको अनुभुति हुने बताउदै गल्कोट नगरभित्रका बिद्यालयमा सुझावका आधारमा नगरसभाबाट योजना सम्बोधन गर्ने जानकारी दिए ।
तालिममा लैङ्गिक मुद्दाहरू, विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धि कार्यविधि २०७४, विद्यालयमा लैङ्गिक सचेतना सम्वन्धि गरेका गतिविधि, सरोकारवालाको भुमिका लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।
तालिमको सहजिकरण नगरशिक्षा उपसचिव पदम आचार्य, शिक्षा अधिकृत प्रकाश ओझा र वास संयोजक दुर्गा छन्त्यालले गरेका थिए।
नगरभित्रका सामुदायिक र सस्थागत बिद्यालयका लैङ्गिक गुनासो सुनुवाइ समितिका सम्पर्क शिक्षकहरूको सहभागिता रहेको तालिममा सहभागीले माद्यमिक तहमा लैङ्गिक मैत्री शौचालयहरू भएपनि सावुन, पानि, सेनेटरि प्याड, रूमालको ब्यवस्था नहुदा छात्राहरूलाइ समस्या परेको, आधारभुत बिद्यालयमा लैङ्गिक मैत्री शौचालय हुनुपर्ने लगायतका भनाई राखेका थिए ।
कार्यत्रmम नगर उपप्रमुख रेनुका काउचा मगरको अध्यक्षता, दुर्गा छन्त्यालको स्वागत मन्तव्य र प्रकाश ओझाको संचालनमा सम्पन्न भएको थियो ।