Sorry, that menu does not exist.
 

मुसिकोट- ६ का वडाध्यक्ष खड्काव्दारा आफ्नो तलबभत्तावाट सुत्केरीलाई पोषण भत्ता !

कमल पौडेल, गुल्मी २०७६ बैशाख १९ । गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदीका वडा अध्यक्ष खड्क वहादुर खड्काले आफ्नो तलव भत्तावाट सुत्केरी आमाहरुलाई पोषण खर्च उपलब्ध गराउन सुरु गरेका छन् । आफ्नो कार्यकालभर बडा भित्रका प्रति सुत्केरी महिला १ हजार पोषण खर्च उपलब्ध गराउने वडा अध्यक्ष खड्काले वताए । पोषण खर्च कुर्घा स्वास्थ्य चौकीवाट उपलब्ध गराइने जसको लागी १० हजार रुपैया पेश्की स्वरुप प्राप्त भैसकेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिवि जिसीले जानकारी दिए ।

वडा अध्यक्ष खड्काले गरिवीबाट पिल्सिएका परिवारमा राहत होस् भनेर सुत्केरी पोषण कार्यक्रम सुरु गरेको बताए । खड्काले तलव भत्ता सामाजिक क्षेत्रमै खर्च गर्ने चुनावी वाचा पुरा गर्ने र आवश्यकताका आधारमा थप कार्यक्रम पनि संचालन गर्ने खुलसा गरेका छन् । खड्काको कामले घरमै सुत्केरी गराउने संख्यालाई जिरो बनाउन सहयोग पुग्ने मुनपा स्वास्थ्य शाखा प्रमुख जिसीको विश्वास छ । मुसिकोट नगरपालिकाले मातृशिसु मृत्यू शुन्य गराउन नगरपालिका भर गर्भवती र सुत्केरी महिलाको लागि ६ ओटा एम्बुलेन्स मार्फत निशुल्क सेवा सञ्चालन गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply