घनश्याम गौतम, गल्कोट २०७६ बैशाख २० । गल्कोटमा उच्च शिक्षामा शैक्षिक क्षमता अभिबृद्धि गर्न बिशेष कार्यक्रमको आयोजना गरिने भएको छ । गल्कोट नगरपालिका ३ हटियामा उच्च शिक्षामा शैक्षिक क्षमता अभिबृद्धिको लागी बिशेष कार्यक्रम सञ्चालन हुने गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतमले ईबागलुङलाई जानकारी दिएका हुन् ।
यहि बैशाख २५ गते देखी ३ दिन सम्म आयोजना हुने कार्यशालामा त्रिभुबन बिश्बबिद्यालयका प्रध्यापकहरुको उपस्थीतिमा कार्यशाला हुने क्याम्पस प्रमुख गौतमले जनाकारि दिए । उक्त कार्यशालामा त्रिभुबन बिश्बबिद्यालयका प्राध्यापक डांक्टर बासुदेब काफ्ले तथा प्रध्यापक डाक्टर पारशमणि भण्डारीको नेतृत्बमा ७ जना प्रध्यापकहरुले उक्त कार्यशालाको सहजिकरण गर्ने र कार्यशालामा सह–प्रध्यापक रामजी गौतम, सह–प्रध्यापक बिजयलाल प्रधान, सह–प्रध्यापक गगाँराम गौतम, सह–प्रध्यापक लोकराज रेग्मी र प्रध्यापक डा. टिकाराम गौतम आउने बताईएको छ ।
कार्यक्रमले गल्कोट क्षेत्रमा भैरहेको शैक्षिक क्रियाकलापलाई प्रभाबकारी रुपमा सञ्चालन गर्न तथा समय अनुसार ब्यबाहारिक बनाउनको लागी गर्नुपर्ने सुधारका कार्यक्रम लगाएतको बिषयमा छलफल हुने सहायक क्याम्पस प्रमुख झलक पाण्डेले बताए ।
कार्यक्रममा बागलुङ, पर्बत र गुल्मी जिल्लाका क्याम्पसका क्याम्पस प्रमुख गल्कोट क्षेत्रका माध्यमिक बिद्यालयका प्रधानाध्यापक लगाएतको सहभागिता रहने बताईएको छ ।
कार्यशाला कार्यक्रमको आबश्यकता र गल्कोटमा शिक्षामा परिबर्तनको सम्भाबनाको आधारमा प्रध्यापकहरुको जमघट गर्नुको उदेश्य बारे सहकर्मी घनश्याम गौतमले गल्कोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गौतमसंष् गरेको कुराकानी: