Sorry, that menu does not exist.
 

८ वडाहरु रहेको काठेखोला गाउपालिकाका ७ वडाहरु सचिवविहीन, वडावासीहरु मर्कामा !

भरत सापकोटा, बिहुँ बागलुङ २०७६ बैशाख २३ । सदरमुकाम रहेको बागलुङ नगरपालिकासंग जोडिएको काठेखोला गाउपालिकाका ८ वडाहरु मध्य ७ वडाहरु सचिवविहीन अवस्थामा छन् । गाउपालिकाबाट प्रवाह गरिने सामान्य सेवा पनि नराम्ररी प्रभावित भएको वडावासीहरु दुखेसो रहेको छ ।

गाउपालिकाको ३ नं वडामा मात्र सचिव रहेकोले गाउपालिकाबासी समान्य सिफारिसका लागि एक महिना अघिदेखी असमान्य दु:ख व्यहोरी रहेको अवस्थाप्रति गाउपालिका अध्यक्ष अमर बहादुर थापा सजगरहेको ई-बागलुङलाई बताए । पन्जिकरण सम्बन्धि जन्म मृत्यु बसाईसराई बिबाह दर्ता सिफारिस लगाएतका कामहरु गराउन निक्कै समस्या परेको अध्यक्ष अमर थापाले जनाए ।

अध्यक्ष्य थापासंग हामीले ७ वटा वडा सचिव नहुदा जनताले सास्ती खेप्नु परेको छ नि, यस्लाई कसरी लिनुहुन्छ ? भन्ने ईबागलुङको प्रश्नमा अध्यक्ष थापाले भने, ‘हो, त्यो सत्य र बास्तविक हो ।’

अध्यक्ष थापाले कर्मचारीहरु समायोजन भै आउने भने पनि अझै नआएको चर्चा गर्दै वडाध्यक्षहरु स्वयंले वडावासीहरुलाई सिफारिस लगायतका कार्यहरु गर्दै आउनु भएको जानकारी दिए ।

वडा ५ का वडा अध्यक्ष शिव प्रसाद कडेंलले भने, स्थानिय निर्वाचन भए लगत्तै आफुले १४ महिना सम्म सचिवबिहीन भएर काम गर्दा निक्कै सास्ती खेपी जनताले निक्कै दुखी भए स्थानिय सरकार जनप्रतिनिधिहरु आए गाउं गाउँमा सिहंदरबार आयो भन्थे, यो कस्तो शासन जनतालाई दुख दिने शासन ब्यबस्था हो रहेछ, एक सेवाग्राहीले आफुलाई गुनासो गरेकाे बताए ।

सहकर्मी सापकोटाले यस सम्वन्धमा अध्यक्ष थापासंग गरेको कुराकानी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply