Sorry, that menu does not exist.
 

समाजसेवी ढकाल परिवारव्दारा सवा ५ करोडको लागतमा विद्यालय भवन निर्माण !
राष्ट्रपति भण्डारीव्दारा पृथ्वी हिरण्य मावि अमलाचौरको नयाँ भवनको समुद्घाटन पश्चात हस्तान्तरण !

बागलुङ २०७६ बैशाख २३ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार एक भव्य कार्यक्रमका बीच बागलुङ नगरपालिका १२ अमलाचौर स्थित पृथ्वी माध्यमिक विद्यालयको नव निर्मित भवनको समुद्घाट गर्दै भवनको साँचो बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले समाजसेवी स्व. हिरण्य प्रसाद ढकालको शालिकको अनावरण गरेकी थिईन् ।

राष्ट्रपति भण्डारीले सो अवसरमा आफुले अध्ययन गरेको विद्यालयमा सुविधा सम्पन्न अत्याधुनिक भवनको निर्माण गरेर शिक्षाको विकासमा समाजसेवी उद्योगपति चन्द्र ढकाल र हेमराज ढकालले पुराएको योगदानको प्रशंसा गर्दै विद्यालयको उन्नयनको शुभकामना व्यक्त गरिन् ।

आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका उद्योगपति अमलाचौर निवासी चन्द्र ढकाल र उनका भाई हेमराज ढकालले रु ५ करोड २८ लाखको लागतमा आफ्ना बाबु स्वर्गिय हिरण्य प्रसाद ढकालको स्मृतिमा सो भवन निर्माण गरेका हुन् । नवनिर्मित भवनको साँचो हस्तान्तरण सगै पृथ्वी माध्यमिक विद्यालयको नाम ‘पृथ्वी हिरण्य माध्यमिक बिद्यालय’मा परिणत भएको छ ।

उद्घाटन एवं हस्तान्तरण समारोहमा सांसदहरु डा सूर्य पाठक, देवेन्द्र पौडेल, सांसद दीनानाथ शर्मा र मन कुमारी केसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भवन निर्माता समाजसेवी चन्द्र ढकालले व्यक्त गरेको अभिव्यक्तिले सबैलाई भावुक बनाएको थियो । कार्यक्रममा स्वागत भाषण बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले गरेका थिए भने सन्चालन बरिष्ठ पात्रकार एकराज पाठकले गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला बहादुर बिकले गरेका थिए ।

सो अवसरमा पूर्व विद्यार्थीको समितिबाट बिद्यालय व्यवस्थापन समितिलाई रु ५० लाखको अक्षय कोषको रकम हस्तान्तरण गरिएको थियो ।

राष्ट्रपति भण्डारी हेलिकप्टरमा अमलाचौर अवतरण गर्दा सांसद, स्थानीय, जनप्रतिनिधी, प्रजिअ लुकबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी अभिभावक लगायत विशाल जनसमुहले हार्दिक स्वागत गरिएको थियो ।


तस्वीर/भिडियो सौजन्य: धिरेन्द्र पन्त, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply