Sorry, that menu does not exist.
 

जैमिनीमा नेविसंघ बागलुङको प्रशिक्षण कार्यक्रम सम्पन्न !

बागलुङ २०७६ बैशाख २५ । नेपाल विद्यार्थी संघ बागलुङले नगर र गाउँपालिकामा स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । संघले जिल्लाको दक्षिण जैमिनी नगरपालिकामा नेविसंघका विद्यार्थीलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षण कार्यक्रम बोल्दै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह महामन्त्री हरिहर शर्माले मुलुकका हरेक आन्दोलन विद्यार्थी आन्दोलनको साथले सफल भएका कारण विद्यार्थीहरुले चाहे जस्तो सुकै आन्दोलनहरु सफल बनाउने बताए । उनले स्कुल र क्याम्पसे जिवनमा राजनिति नबुझे पछि गाह्रो हुने हुँदा अहिले नै राजनितिका बारेमा विद्यार्थीले चासो राख्नुपर्ने धारण व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा नेविसंघको स्थापना, नेपालमा विद्यार्थी आन्दोलन, २०२८ सालको स्ववियु पुर्नस्थापना, आन्दोलन २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनका बारेमा विद्यार्थीलाई प्रशिक्षित राईएको थियो ।

नेविसंघले २०५८ साल भाद्र २४ गते देशको आठ विद्यार्थी संगठनलाई साथमा लिई साझा शैक्षिक तथा राजनितिक मुद्धालाई संयुक्त रुपमा अगाडी लग्ने निर्णय गरे पश्चात नयाँ पाठ्यक्रमको सुरुवात, प्रावि तहमा अंग्रजी माध्ययमबाट पढाई, निःशुल्क शिक्षा हुँदै सेमेष्टर प्रणालीमा पुगेको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेल, धौलागिरी बहुमुखी स्ववियु सभापति मनिष थापा, नेविसंघका इकाई अध्यक्ष दिनेश पन्त लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेविसंघ शान्तिदिप बहुमुखी क्याम्पस अध्यक्ष सरिता पौडेलको अध्यक्षता, कोषाध्यक्ष सुनिता आचार्यको स्वागत, सचिव बिमला सुवेदीको संचालन र सचिव विदुर सापकोटाको धन्यबाद मन्तव्यमा सम्पन्न भएको थियो । नेविसंघले जिल्लाका दश वटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय बमोजिम यस अघि ताराखोलामा सम्पन्न गरिसकेको नेविसंघ बागलुङ अध्यक्ष खड्क थापाले जानकारी दिए । प्रशिक्षण अभियान आगामी दिनमा अन्य स्थानिय तहमा पनि संचालन गरिने नेविसंघले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply