यम बहादुर थापामगर, तमानखोला, २०७६ बैशाख २५ । तमानखोला गाउँपालिका बोगांदोभानका कर्मचारीहरु बैवाहिक सुखद दापत्य जीवनमा बाँधिएको सन्दर्भमा आज एक स्वागत कायक्रमको आयोजना गरी बधाई तथा शुभकामना आदान प्रदान गरेर मनाईएको छ । तमानखोला गाउँपालिकाकम वडा नं. २, ५ र ६ का सचिव रेशम बुढामगर र कृषि प्राविधिक लिला बुढाथोकीको बिच हालै प्रेम बिबाह सम्पन्न भएको थियो ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नवविवाहित जोडीलाई सफल दापत्य जीवनको शुभकामना व्यक्त गर्दै दुवै रोजगारमुलक राष्ट्रसेवक कर्मचारी भएकाले सेवा प्रवाहमा टेवा दिन अनुरोध गरे । शिक्षित र रोजगारमुलक जागिरमा लागी विवाह गर्ने चलनको विकास गर्नु पर्ने र तमानखोला गाउँपालिकामा बाल विवाह बढी मात्रा भएकोले यहाँका युवा युवतीलाई नमुना योग्य विवाहको सिको गर्न समेत उनले अनुरोध गरेका थिए ।
बागलुङ जिल्ला भरिका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको विचमा विवाह भै शुभकामना कार्यक्रम औपचारिक रुपमा बधाई गरिएको पहिलो घटना भएको सो अवसरमा जानकारी दिईएको थियो ।
प्रमुख अतिथि अध्यक्ष जोक लाल बुढाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, संचालन लेखा अधिकृत याम बहादुर थापाल,े गरेका थिए । शुभकामना कार्यक्रममा उपाध्यक्ष मानसरी शेरचन,वडा अध्यक्ष थम बहादुर रोका मगर, स्वाथ्य संयोजक गरिमा हर्मेलले नवजोडीलाई बधाई दिएका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुले फुलमाला र अविर द्धारा बधाइ दिँदै स्वागत गरेका थिए ।
हुला वडा सचिव रेशम बुढा मगर बडीगाड गाउँपालिका १० दर्लिङ निवासी पिता हेम बहादुर बुढा मगर र माता नरमीि बुढा मगरको कान्छा सन्तान र बेहुली ढोरपाटन नगरपालिका ४ खुंगा निवासी पिता बल बहादुर बुढाथोकी र माता सृजना बुढाथोकीको छोरी लिला बुढाथोकी कृषि प्राविधिकको रुपमा कार्यरत छन् ।