Sorry, that menu does not exist.
 

बागलुङ बजार क्षेत्रबाट लागु औषध सेवन गर्ने १६ जनालाई कार्बाही सुरू !
बानपा १ रामरेखाबाट नियन्त्रित लागुऔषध फेनारगन, डाईजापाम र नूरफिनका ७८ एम्पुल बरामद !

बागलुङ २०७६ बैशाख २५ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट लागु औषध रोकथाम तथा नियन्त्रण अभियान सन्चालनका क्रममा बागलुङ बजार क्षेत्रको विभिन्न स्थानबाट लागु औषध सेवन गर्ने समाजमा बिकृति फैलाउने १६ जनालाई नियन्त्रणमा लिएर ५ जनालाई सुधार गुह पठाएको, ७ जनालाई शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्दा चलाएको र ४ जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक झविन्द्र प्रसाद भटेटराईले ईबागलुङलाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बागलुङ नगरपालिका १ रामरेखाको सार्वजिक जग्गामा एक जना लागु औषध दुव्यर्सनीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा निजको साथबाट फेनारगन २४ एम्पुल,डाईजापाम २८ एम्पुल र नूरफिन २६ एम्पुल सहित जम्मा ७८ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्तां प्रहरी नायव उपरीक्षक भट्टराईका अनुसार सुराकीको आधारमा बागलुङ नगरपालिका २ निवासी वर्ष ३३ का सन्तोष बस्नेत भनिने एडिशन बस्नेतलाई नियन्त्रणमा लिएर स्थानीयहरुको रोहबरमा चेकजाँच गर्दा निज बस्नेतको साथबाट माथी उल्लेखित नियन्त्रित लागु आौषध बरामद हुन आएकोले निजमाथी आवश्यक अनुसन्धान भैरहेको छ ।

फाईल तस्वीर ।

योपनि पढौँ
ठुलो परिमाणमा अवैध लागु औषध बरामद गर्न जिल्ला प्रहरीलाई सफलता !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply