कोपिला कंडेल, बागलुङ, २०७६ बैशाख २५ । भुकम्पले क्षति पु¥याएको बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङको नव निर्मित भवनको एक कार्यक्रमबिच उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशकै सबैभन्दा पुरानो सामुदायिक बिद्यालयको रुपमा रहेको बिद्यालयको नव निर्मित भवनको सर्वोच्च अदालतका पुर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले बिद्यालयले प्रकाशन गरेको स्मारिकाको पनि बिमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै पुर्व प्रधानन्यायाधीश श्रेष्ठले शैक्षिक क्षेत्रको बिकासले मात्र समग्र क्षेत्रको बिकास हुने बताए । उज्यालो छर्ने अभियानको लागि तत्कालीन समयका संस्थापकले खेलेको भुमिका महत्वपुर्ण रहेको चर्चा गर्दै श्रेष्ठले बिद्यालयको बिगतको ईतिहासलाई आत्मसाथ गर्नेहरुकै कारण नयांँ भवन निर्माण कार्य सम्भव भएको बताए ।
बागलुङ जिल्लामा कालिका भगवती, कालीगण्डकी र बिद्यामन्दिर ३ वटामा महत्वपूर्ण स्थल रहेको श्रेष्ठको भनाई थियो । उनले भवन निर्माण संगै शैक्षिक प्रगति हुनुपर्नेमा जोड दिए । शैक्षिक सुधारका लागि पाठ्यक्रमनै सुधार गर्नुपर्ने उल्लेख गर्दै उनले शैक्षिक उन्नयनका लागि राज्यनै जिम्मेवार र जवाफदेही बन्न जरुरी रहेको बताए ।
कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पादेबी खड्का, प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, बागलुङ काठमाडौ सम्पर्क समाजका पुष्पमान श्रेष्ठ, बिराटकुमार श्रेष्ठ, सुनचाँदी ब्यबसायी संघ प्रदेश सदस्य सुदेशचन्द्र राजभण्डारी लगायतका बक्ताहरूले अहिले बिद्यालयको भौतिक सुधार हुनु सकारात्मक पक्ष भएकाले अब शैक्षिक सुधार गरेर पर्ने धारणा राखेका थिए ।
बिद्यालयको नयाँ भवन बनाउन आर्थिक सहयोग गर्ने सहयोगदातालाइ ब्यबस्थापन समिति र भवन निर्माण समितिले सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीको स्वागत र बिद्यालयका प्रधानध्यापक जगन्नाथ आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
१९९७ सालमा स्थानीय शिक्षा सेवी ओमप्रसाद गौचन र मेघकुमार बैधको सक्रियतामा बनेको बिद्यालयको भवन २०७२ साल बैशाख १२ र बैशाख २९ गते गएको बिनासकरी भुकम्प बाट क्षतिग्रस्त बनेको थियो ।
बागलुङ काठमाण्डौ समाजको आर्थिक सहयोग र बिद्यालयले लगाएको श्रीमद्भागवत धनधान्याचल महायज्ञवाट संकलन भएको ५ करोड भन्दा बढी लागतमा बिद्यालयको भवन पुर्ननिर्माण भएको बिद्यालयले जनाएको छ ।