छविलाल पाण्डे बुर्तिवाङ २०७६ बैशाख २६ । नेपाली काँग्रेसको पार्टी जागरण अभियान स्वरुप क्षेत्रीय समितीद्धारा बुर्तिबाङमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस क्षेत्र नं.२ क्षेत्रीय समितीको आयोजनामा कार्यक्रम भएको हो ।
आयोजित कार्यक्रमका अवसरमा पार्टीको क्रियाशिल सदस्यता वितरण प्रकृया अगाडी बढाउने र जसमा १३ औँ महादिवेशन बाट निर्वाचित गाउँपार्टी सभापती मार्फत क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरीएको छ ।
पार्टी जागरण अभियान सञ्चालन गर्दे बागलुङको पश्चिम क्षेत्र क्षेत्र नं.२ अन्र्तगतका चार गाउँपालिका र दुई नगरपालिका समावेश गर्दे छुट्टै जिल्लाको माग गर्नका निम्ती गल्कोट नगरपालिका र ताराखोला गाउँपालिका सँग समन्वय गर्दे सरकार सँग पहल गर्ने निर्णय गरीएको छ । पश्चिम बागलुङका जनताको मागलाई मध्यनजर राख्दै सत्तापक्ष र अन्य दलहरुसँग सम्मोन्य गर्दे अगाडी बद्ने बिषयमा निर्णय गरीएको बताइएको छ ।
आयोजित कार्यक्रमका अवसरमा वर्तमान केपि वली सरकारको गतिविधी र कृयाकलापको बिषयमा छलफल गर्दे बर्तमान सरकारले जनतालाई भ्रममा पार्ने गतिविधी र सुन काण्ड, ह््वाइट बोडँ काण्ड, बालुवाटार काण्ड, निर्मला पन्त बलात्कार काण्ड लगाएत दर्जनौँ काण्डै कान्डमा सरकार फसेको र भ्रमको खेतीमात्र बढि गर्ने गरेको भन्दै स्थानीय देखि केन्द्रिय तहसम्म सरकारको गतिविधिमाथी निगरानी गनुपर्ने बताइएको थियो ।
कार्यक्रममा पार्टीको तर्फबाट क्षेत्रीय कार्यसमितीको मातहतमा रहने गरी विपदमा परेका नागरीकलाई सहयोग पुर्याउन विपद व्यवस्थापन कोषको सञ्चालन गर्ने लगाएतका बिषयमा छलफल एवम निर्णय भएको छ । त्यस्तै पार्टीको जागरण कार्यक्रमको निम्ती जिल्ला कार्यसमिती र केन्द्रिय प्रतिनिधी निसीखोला गाउँपालिकामा कार्यक्रमलाई तालिका वमोजिम अगाडी बढाउने र आगामि जेठ १६ गतेदेखि अन्य पाँच पालिकामा जागरणकार्यक्रम गरीने बताइएको हो ।
कार्यक्रमबाट जसमा दलीत जागरण कार्यक्रमका निम्ती अर्काबैठकमा कार्यविधी अनुरुप अगाडी बद्ने र सार्वजनिक सवारीका साधनले लिँदै आएको चर्काे भाडादर घटाउन स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय समेत भएको छ ।
आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँरको अध्यक्षता, सँघिय साँसद ज्ञानकुमारी छन्त्यालको प्रमुख आतिथ्यता, निसीखोला गाउँपालिका अध्यक्ष ताराना पौडेल, गल्कोट नगरपालिका मेयर भरत शर्मा गैरे, तमानखोला गाउँपालिका अध्यक्ष , महाधिवेशन प्रतिनिधी जित शेरचन, सागर खरेल, कृष्ण केशि, यामु पौवी,नरबहादुर पुन, सन्जु चालिसे, जिल्ला सदस्य गण्डकी थापा अधिकारी लगाएत नेपाली काँग्रेसमा आबद्ध विभिन्न सुवेच्छुक, जिल्ला सदस्य, क्षेत्रीय समिती पदादिकारी, स्थानीय पालिका पदादिकारी,भातृ सँगठन, नेता कार्यक्रताको सहभागिता रहेको थियो । कार्यक्रम क्षेत्रीय सचिव तिलक घर्तिमगरले सञ्चालन गरेका थिए ।