Sorry, that menu does not exist.
 

प्रजिअ/पत्रकार भेटघाट : बिकास निर्माण कार्यलाई अगाडी बढाउन सबैसंग समन्वय गर्ने प्रजिअ क्षेत्रीको प्रतिवद्धता !

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख २६ । नवागत प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री बागलुङ जिल्लामा क्रियाशील राजनीतिक दल, पत्रकार, उद्योग वाणिज्य संघ लगायत विभिन्न सामाजिक संघसंस्थाहरु तथा सरोकारवाला निकायहरु संग भेटघाट, अन्तरक्रिया आदि कार्यक्रम गरी समन्वयात्मक भूमिका निर्वाह गरिरहेका छन् ।

यसैवीच जिल्ला प्रशासन कार्यालय बागलुङ आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नवागन्तुक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जिल्लामा बिकास निर्माणका कार्यलाई अगाडी बढाउन सबैसंग समन्वय एवं सहकार्य गर्ने बताएका छन् ।

अफ्नो मुख्य दायित्व जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्ने भएपनि जिल्लाको विकास निर्माणका कामलाई अगाडी बढाउन आफुले सबै संग समन्वय र सहकार्य गर्नेे प्रजिअ क्षेत्रीको कथन थियो । सो अवसरमा प्रजिअ क्षेत्रीले भाषण भन्दा बढी काम गरेर देखाउने प्रतिवद्धता समेत जनाएका थिए ।

पत्रकार भेटघाटवका अवसरमा उठाईएका प्रश्नहरुको प्रत्युत्तर दिँदै नवागत प्रजिअ क्षेत्रीले साँघुरा सडक तथा सवारी साधनको चापको कारण ट्राफिक व्यवस्थापनमा उत्पन्न भएको कठिनाईलाई समाधान गर्न प्रयत्न गर्नेमा जोड दिए । ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनहरुमा क्षमता भन्दा बढी यात्रु र मालसमान राख्ने गर्दा अनपेक्षित रुपमा सवारी दुर्घटना बढेकोमा सतर्कता अपनाउनु पर्ने तर्फ ईगित गर्दै यस्को नियन्त्रणमा कडाई गरिने प्रजिअ क्षेत्रीले बताए ।

सरकारी गाडीको दुरुपयोग गर्ने बढ्दो क्रम रहेकाले स्थानीय प्रशासनको स्वीकृती बिना बिदाको समयमा सरकारी गाडी चलाउनेलाई कारबाही गरिने चेतावनी पनि दिए ।
यातायात तथा मालपोत कार्यालयमा देखिएको बिचौलियाको हालीमुहाली बारे पत्रकारहरुको जिज्ञासमा प्रश्नमा प्रजिअ क्षेत्रीले सिन्डिकेट तथा बिचौलिया निषेधमा सरकार अगाडी बढिसकेको बताउदै यसलाई हटाउन सम्बन्धित निकाय संग छलफल गरेर अगाडी बढ्ने विश्वास दिलाए ।

एक फरक प्रशंगमा नवागत प्रजिअ क्षेत्रीले जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन, निसीखोला लगायतका ठाउँबाट अवैधानिक तवरले निर्यात हुने गाँजा चरेसलाई न्यूनिकरण गर्न प्रहरीले महत्वपूर्ण भुमिका खेलेकाले शान्ति सुरक्षामा थप बल पुगेको पनि खुलासा गरे ।

प्रजिअ क्षेत्रीले प्रत्येक सरकारी कार्यालयबाट प्रवाह हुने सेवालाई गुणस्तरीय बनाउनका निम्ति पहल गर्ने बताए ।

कतिपय बिषय, नियम कानुनले मात्रै गर्दा बेथिति बढ्दै गएको कारणले जिल्लामा भैरहेका बिकासका कामलाई तिब्रता दिनका लागि हस्तक्षेप गर्न जरुरी रहेको बताउदै प्रजिअ क्षेत्रीले आफ्नो तर्फबाट निर्देशन तथा समन्वय गर्ने प्रयास भएको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रत्येक महिनाको ५ गते गर्दै आएको जिल्लाको सरकारी कार्यालयको पत्रकार सम्मेलन अब देखि ३/३ महिना अथवा आवश्यक पर्दाको खण्डमा गर्ने योजना बनाएको क्षेत्रीको भनाई थियो ।

सो अवसरमा नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका सविच राम थापा अबिरलले जिल्लामा पत्रकारिताको अवस्था लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले गरेका थिए ।

बागलुङ उद्योग वाणिज्य संघको प्रतिनिधी मण्डले आज नै नवागत प्रजिअ क्षेत्रीको स्वागत गरेको थियो ।

तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply