खगेन्द्र विश्वकर्मा ताराखोला २०७६ बैशाख २७ । दुर्गा भवानी माविका भुतपुर्व प्रध्यानाध्यापक तथा समाजसेवी स्वर्गीय कब घर्तीको स्मृति दिवशको अवसरमा उनको नाममा दुर्गा भवानी मावि ताराखोला ५ करिमेलामा १ लाख ५१ हजार ५१ रुपैयाँ को अक्षयकोष स्थापना गरिदिएका छन् ।
२०१६ सालमा स्थापना भएको श्री दुर्गा भवानी मा।बि।मा तारा बाग्लुङ मा रहेर २०२३सालदेखी शिक्षण सुरु गरि २०३३ सालमा विद्यालयको प्रध्यानाध्यावक भै २०४९ सालमा सम्म समाजसेवी स्वर्गीय कब घर्तीले सेवा गरेका थिए । उनको गत बर्ष २०७४ चैत्र ३ गते ६७ बर्षको उमेरमा देहावसान भएको थियो । १ बर्ष पछि यहि बैशाख २२ गते बार्षिकीमा उहाँको परिवार जनले पितृशोक कार्यक्रममा एकाहा लाखवत्ती पछि २३ गतेकादिन धर्म पत्नी श्रीमती बिष्णु घर्तीले उनका छोराहरु दिनेश ओम (प्रकाश) नन्दप्रसाद र अशोक साथै सम्पुर्ण परिवार जन त्यसैगरी दाजुभाई दिदिबहिनी छरछिमेकी स्तमित्र आफ्ना आफन्ती सम्पुर्णको साथमा दुर्गा भवानी मा।बि।मा उपस्थित भै बिद्यालयको बि।ब्या।स।को अध्यक्ष र बिद्यालय प्रध्यानाध्यापक टेकबहादुर रोका बिद्यालयको सम्पुर्ण शिक्षक अभिभावक विद्यार्थीको साथमा औपचारिक रुपमा स्मृति कोष रु। लाख५१ हजार १ सय ५१को चेक हस्तान्तरण गर्नुभएको अभिभावक रुपा पुनले जानकारी दिए ।
्र