Sorry, that menu does not exist.
 

ताराखोलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७६ बैशाख २७ । ताराखोला गाउँपालिका को आयोजना मा बिद्यालय स्तर को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ ।
आज सम्पन्न मा बि तह को ३ हजार मिटरको छात्र डौड मा दुर्गा भवानी मा बि का मिलन थापा मगर प्रथम , नेपाल माबी तारा का ईश्वर परियार दित्तिय र अर्गल मा बि का चिरञ्जीवी कडेल तृतीय भएका छन । त्यस्तै छात्रा तर्फ प्रजातन्त्र बिकास मा बि कि लक्ष्मी दर्जी प्रथम , दुर्गा भवानी मा बि कि सुशिला कडेल दित्तिय र नेपाल मा बि कि बिपना खत्री तृतीय भएका छन।

त्यसैगरी आधारभुत तहको लङजम्प तर्फ छात्रा मा जनप्रेम मा बि का सुस्मिता बि क , दुर्गा मा बि का मेलिना घर्ती र काक्राखोर आ बि बिपना भन्डारी छात्र तर्फ दुर्गा भावानी मा बि का बिनोद दर्जी , प्रजातन्त्र बिकास मा बि का पुर्ण बि क र बराह खोला आ बि का दिलिप बगाले ले क्रमश प्रथम दित्तिय र तृतीय उपाधी हासिल गरेका छन।

आधारभुत तहकै हाइजम्प प्रतियोगिता मा छात्रा तर्फ दुर्गा मा बि का बिनोद दर्जी,नेपाल मा बि तारा का थमन परियार ,प्रजातन्त्र बिकास माबी का भुपेन्द्र रोका छात्रा तर्फ जनप्रेम मा बि का बुद्धि गुरुङ , प्रजातन्त्र बिकास मा बि का लक्ष्मी पुन र दुर्गा भवानी मा बि का मेलिना घर्ती क्रमश प्रथम दित्तिय र तृतिय भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन समिती का संयोजक कुल बहादुर रोकाले जानकारी दिए।

त्यसै गरि प्राथमिक तहको ४ सय मिटर छात्र दौडमा मालारानी आ बि का दिपेन्द्र कडेल , त्रीशुली प्रा बि झरन घर्ती का ,लावाङ प्रा बि का बल बहादुर घर्ती त्यस्तै छात्रा तर्फ लावाङ प्रा बि का बिजया घर्ती ,जुल्फे प्रा बि का रमिला दर्जी र नेपाल मा बि का निक्की पाण्डेले क्रमश प्रथम दित्तिय र तृतीय स्थान हासिल गरेका छ्न ।

पुरस्कार बितरण कार्यक्रम मा बोल्दै ताराखोला गाउपालिका का अध्यक्ष प्रकाश घर्तिले समय समय का हुने यस्ता प्रतियोगिता ले बिद्यार्थि हरु लाई शिक्षण सिकाइ को अलवा खेल क्षेत्र पनि उत्साह पैदा गर्ने कुरामा जिड दिएका थिए। कार्यक्रम मा ताराखोला गा पा का प्रमुख प्रसासकिय अधिकृत राम प्रसाद शर्मा , शिक्षा साखा संयोजक उमानाथ अधिकारि , नेपाल मा बि ताराका बि ब्या स अध्यक्ष दिवस खत्री लगायत ले मन्तव्य राखेका थिए ।

कार्यक्रम ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारीपुन रोका को अध्यक्षता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन समिति का संयोजक कुल बहादुर रोकाको संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply