Sorry, that menu does not exist.
 

काँग्रेसको जागरण अभियान निसीखोलामा : सरकारले जनतालाई घात ग-यो – नेता भण्डारी

छविलाल पाण्डे बुर्तिवाङ २०७६ जेठ १ । नेपाली काँग्रेसको राष्ट्रिय पार्टी जागरण अभियान अन्र्तगत बागलुङको निसीखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । हिमाल, पहाड तराइ राष्ट्रिय जागरण अभियान अन्तरगत काँग्रेसले गाउँ लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ । निसीखोला गाउँपालिकाको झिवाखोलामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले नेपाली काँग्रेस जनताको पार्टी भएको बताउँदै पार्टीलाई उचाइमा पु¥याउन सवै कार्यकर्ता एक जुट भएर अगाडी बढनुपर्ने बताएका थिए । उनले जागरण अभियानले कार्यकर्तालाई थप उर्जा प्रदान गरेको बताए ।

पुर्व मन्त्री समेत रहेका भण्डारीले दुई तिहाइको नेकपा नेतृत्वको सरकारले जनतालाई झुटको खेति गरीरहेको आरोप लगाएका थिए । उनले सरकारले काम काम गर्न नसकेर घात गरीरहेको बताउँदै दर्जनौँ नराम्रा काण्ड लिएर सरकार अगाडी बढिरहेका कारण वर्तमान सरकार धेरै दिन नटिक्ने जिकिर गरे ।

कार्यक्रममा नेता भण्डारीले पश्चिम बागलुङको विकास निर्माण, उत्तरगंगा जलाशय युक्त आयोजनाका विषयमा बोल्दै आयोजना बागलुङ क्षेत्रमा बन्नेमा विश्वस्त हुन आग्रह गरेका थिए । उनले आयोजना प्रभावित क्षेत्रमा आवश्यक राहतको व्यवस्था गरी बागलुङ क्षेत्रमा नै आयोजना निर्माण हुनेपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पादेवी खड्काले काँग्रेसले चलाएको जागरण अभियानले आम कार्यकर्तामा थप उर्जा प्रदान गरेको बताएकी थिईन ।

नेपाली काँग्रेस जिल्ला सभापती दिपेन्द्र बहादुर थापाले जागरण अभियान अत्यन्तै सान्दर्भिक रहेको औल्याँदै टोलटोलमा काँग्रेस पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए । कार्यक्रममा निसीखोला गाउँपालिकाका विभिन्न वडाबाट नेकपा र राजमो छोडी स्थानिय युवा मिनबहादुर विकको नेतृत्वमा एक दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा जिल्ला स्तरीय र स्थानिय स्तरीय नेता तथा कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रम काँग्रेस निसीखोला गाउँपालिकाका सभापति इन्द्रबहादुर मल्लको अध्यक्षता महाधिवेशन प्रतिनिधि टेकराज पौडेलको स्वागत र सचिव राजमान बुढाको संचालनमा सम्पन्न भएको काँग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply