Sorry, that menu does not exist.
 

बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन : गरिवी नियन्त्रणका लागि शिक्षा हैन सीपको प्रमाण पत्र चाहिन्छ : मुख्यमन्त्री गुरुङ

थम्मन थापा, गल्कोट २०७६ जेठ १ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता जनताको सबैभन्दा सस्तो प्रणाली भएको बताएका छन्। घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गल्कोट नगरपालिका १० पाण्डवखानीले आयोजना गरेको ३३ औं वार्षिकोत्सव, २५६३ औं बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन गर्दै गरुङले सदर मुकाम र केन्द्र सम्म धाउनुपर्ने जनताको बाध्यता हटेको बताए ।

पाण्डवखानी कला र संस्कृति संगै प्राकृतिक रुपमा स्रोत र साधनले धनी रहेको र अव गण्डकी प्रदेशले यस क्षेत्रको विकास र सम्बद्धीको निमित्त निति तथा कार्यक्रम अगाडी बढाएको बताए । स्रोत, साधन र संस्कृतिले भरिएको देशले विदेशको भर पर्नु अवस्था गंभिर भएको भन्दै यसलाई आर्थिक रुपान्तरणमा प्रयोग गर्नु पर्ने उनको भनााई थियो । मुख्यमन्त्री गुरुङले गरिवी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाण पत्र हैन सीप हासिल प्रमाण पत्र भएको हुनु पर्ने बताउदै गरिवी नियन्त्रणका लागि शिक्षालाई प्राविधि शिक्षामा रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे।
मुख्यमन्त्री गुरुङले भारत र चीन संग जोडिएको गण्डकीलाई कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताउदै गण्डकी प्रदेश सरकारले ३०० घरबास सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

पूर्णिमा मेलाको अवसरमा यही विभिन्न सांस्कृतिक कार्यक्रम, महिला तथा पुरुष भलिवल प्रतियोगिता, पाण्डवखानीमा प्रचलित सती घाटु, सांस्कृतिक झाँकी, सोरठी र पाण्डवखानीमा प्रचलित जडीबुटी प्रदर्शनी लगायतको कार्यक्रम रहेको मञ्चका सह– सचिव सुरेश छन्त्यालले जानकारी दिए । पूर्णिमा मेला, वार्षिकोत्सव तथा बुद्ध जयन्ति यही जेठ ४ गते सम्म चल्नेछ ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेल, डा। सुर्य पाठक, संविधान सभा सदस्य निरज पुन, प्रदेश सांसद चन्द्र बुढा सागर, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी, खेलाडी तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष टेक बहादुर पुन प्रकाशको अध्यक्षता, वडा अध्यक्ष तिलक घर्तीको स्वागत तथा विष्णु काउचा र नविन भावुकको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply