कमल पौडेल, बडीगाड २०७६ जेठ १ । रेमलीटोला प्राथमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारमा स्थानियले ३ सेट कम्यूटर तथा १ सेट ड्रमसेट हस्तान्तरण गरिएको छ। सक्न्यारकै वेल वहादुर सलामी, दुर्गा वहादुर सलामी र रन्जिता पुन काउचाले एक कार्यक्रमकावीच कम्प्यूटर तथा टोप बहादुर भुजेलले ड्रमसेट हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष हिमा खरेल, सामाग्रीदाता वेल वहादुर सलामी, समाजसेवी ढालेन्द्र शेरचन, लेखक पुन लगाएतलले बोल्नुभएको थियो। कार्यक्रममा सामाग्रिदातालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भक्त वहादुर सलामीको अध्यक्षता, विद्यार्थी विकास श्रीसको स्वागत मन्तव्य तथा शिक्षक अनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
रेमलीटोला प्राविमा कक्षा नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन पाठन हुँदै आएको छ । ५५ जना विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा ३ दरवन्दी र ३ जना निजी श्रोतमा गरि ६ जना शिक्षक रहेका छन् । स्थानियले चन्दा उठाएर शिक्षकहरुको व्यवस्थापन गर्दैआएका छन्।