निर्मल पौडेल पर्वत २०७६ जेठ २ । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको ध्रुव माविमा अध्ययनरत किशोरीहरुलाई नेकपा निकट विद्यार्थी नेताहरुले सेनेटरी प्याड वितरण गरेका छन् । शैक्षिक जागरण अभियान तथा ५४ औं विद्यार्थी दिवसको अवसर पारेर अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटा सहितको टोलीले विधालयमा अध्ययनरत छात्राहरुलाई प्याड वितरण गरेका हुन् ।
अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियु पर्वतको संयुक्त आयोजनामा प्याड वितरण गरिएको कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाले अझै पनि समाजमा महिनावारी भएको बेला छात्राहरूले विद्यालय छाड्नु पर्ने अवस्था रहेको भन्दै त्यसको अन्त्यका लागि प्रगतिशिल विद्यार्थीहरुको संगठनले शैक्षिक जागरण अभियान अन्तरगत शैक्षिक सामाग्री तथा सेनेटरी प्याड वितरण गरेको बताए । विद्यार्थी दिवसको औचित्य र इतिहास बारे वताउँदै विद्यार्थी भनेको देशको आधार खम्बा भएका कारण सहि समयमा विद्यार्थी नेताहरुले गरेको निर्णयले नै देशको नेतृत्व गतल मार्गमा हिडेको अवस्थामा सहि मार्गमा आउनेमा जोड दिएका थिए। उनले सबै विद्यार्थीहरु मिले मात्रै शैक्षिक अभियान र विद्यार्थी दिवस मनाउनुको सार्थकता हुने औल्याएका थिए।
कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी पर्वतका इन्चार्ज तथा केस विजय प्रकाश सापकोटाले राज्यले निशुल्क रुपमा कण्डम वितरण गर्ने तर सेनेटरी प्याड वितरण नगरेको प्रति दुख व्यक्त गरे । उनले महानावरी महिलाहरुको लागि अनिवार्य र प्राकृतिक रुपमा चल्ने प्रक्रिया भएको र यसमा ध्यान नदिदाँ रोगको जोखिम उत्तिकै बढ्ने भएका कारण बेलैमा सजग हुनुपर्ने बताए । सापकोटाले शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यक औल्याउँदै संविधानमा शिक्षा लाई निःशुल्क गुणस्तरीय र प्रत्येक नागरिकको मौलिक अधिकारको रुपमा दस्तावेज भएकोले , राज्यले अब सम्पूर्ण शिक्षा क्षेत्र अपनत्व लिन पर्नेमा जोड दिए। गुणस्तरीय तथा बैज्ञानिक शिक्षाले मात्र समाजवादको आधार तय गर्छ। सरकारी बिद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा सार्वजनिक पदमा रहेका ब्यक्ति , कर्मचारी र शिक्षकहरूले दलालिकरण गर्नु नै हो। उनले जोड दिदै भने ू आफुले सरकारी बिद्यालयमा शिक्षण गर्ने तर आफ्ना छोराछोरीहरु निजी बिद्यालय मा पढाउने शिक्षकहरु अपराधी र शैक्षिक माफिया भएको वताए । सापकोटाले वर्तमान प्रविधियुक्त समाजमा जनवैज्ञानिक शिक्षाको आवश्यकता औँल्याएका थिए ।
पोखरा महानगरपालिका ईकाई अध्यक्ष विशाल तामाङ विद्यार्थीहरु एक जुट हुन सकेमा नै शैक्षिक क्षेत्रमा हुने गरेको अराजकतालाई अन्त्य गर्न सकिने बताए । उनले परिर्वतनका लागि परिर्वतनशिल विद्यार्थीहरु एक हुनुपर्ने बताए ।
अनेरास्ववियु पर्वतका तेज शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन विधार्थी नेता लकास सुवेदीले गरेका थिए।