कोपिला कंडेल, बिहुँ बागलुङ २०७६ जेठ ५ । काठेखोला गाउंपालिका ६ बिहु स्थित श्री परमेश्वर राममन्दिरमा सम्पन्न श्रीमद देबी भागवत ज्ञानमहायज्ञको आयब्यय सार्वजनिक भएको छ ।
महायज्ञ मुल आयोजक समितिले एक समारोहको आयोजना गरी महायज्ञको आम्दानी खर्च सार्वजनिक गरेको हो । गत चैत्र २३ देखी ३० गते सम्म संचालित महायज्ञबाट कुल १ करोड ६७ हजार १ सय २४ रुपया आम्दानी भएको छ ।
महायज्ञबाट बिभिन्न शिर्षकमा गरी १ करोड ११ लाख ३७ हजार १ सय ५२ रुपया संकलन र १० लाख ७० हजार २८ रुपया खर्च भएको कोषाध्यक्ष थानेश्वर कंडेलले जानकारी दिए । २०७२ सालको बिनाशकारी भुकम्पबाट जीर्ण बनेको मन्दिर पुनंनिर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष कंडेलले जानकारी दिए ।
सो अवसरमा बोल्दै काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष एबं महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष युक्तप्रसाद कंडेलले महायज्ञमा सोचे भन्दा बढि रकम संकलन भएको भन्दै चन्दादातालाई धन्यबाद ज्ञापन गरेका थिए । उनले उठेको रकमलाई सहि तरिकाले मन्दिरको भौतिक संरचना निर्माणमा लगानी गर्ने प्रतिवद्धता जनाए । बिहुंलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउनका लागि मन्दिर पुननिर्माणले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी बिहु उपशाखाका सभापति श्री प्रसाद न्यौपाने, समाजसेवी बृहस्पति कंडेल,महायज्ञ संचालन समितिका सदस्य डिलकुमारी कंडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम महायज्ञ मुल आयोजक समितका संयोजक एबं मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेलको अध्यक्षता सदस्य हरिलाल कंडेलको स्वागत मन्तब्य र सचिव शिवलाल कंडेलको संचालनमा सम्पन्न भएको थियो ।
फाईल फोटो ।