बागलुङ, २०७६ जेठ ५ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुको चरित्र नाटकीय भएको बताएका छन ।
काँग्रेसको राष्ट्रिय जागरण अभियान कार्यक्रमको अवसरमा बागलुङ नगरपालिका–६ पञ्चकोटमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सरकारले दिनानुदिन अलोकप्रिय कार्य गर्दै शान्ति सुरक्षामा समेत खलबल आउने कार्य गरेको बताए ।
उनले काँग्रेसले संचालन गरेको जागरण अभियान जनस्तर सम्म पुगी आगामी महाधिवेशन सम्म पुर्ण रुपमा सुधार आउने बताए । बागलुङ जिल्लाका लागि केन्द्रिय प्रतिनिधि समेत रहेका नेता भण्डारीले जनतालाई काँग्रेसले गरेका काम बुझाउन नसक्दा पार्टी पछाडी परेको बताए । उनले आगामी निर्वाचनमा काँग्रेस पहिलो पाटीको रुपमा स्थापित हुने समेत जानकारी गराए ।
जागरण अभियानको कार्यक्रम पश्चात नेता भण्डारीले पञ्चकोटको दर्शन गर्नुुका साथै त्यहाँको भौतिक स्थीतीका बारेमा बुझेका थिए ।
कार्यक्रममा काँग्रेस बागलुङका पाटी सभापति दिपेन्द्र बहादुर थापा, काँग्रेसका गण्डकी प्रदेशका मुख्य सचेतक एवं प्रदेश सभा सांसद मणिभद्र शर्मा कंडेल, पुर्व मन्त्री चम्पादेवी खड्का, निवर्तमान पार्टी सभापति प्रकाश शर्मा पौडेल, महासमिति सदस्य एवं पुर्व उपसभापति जगदिशचन्द्र उपाध्यायले काँग्रेसको माथिल्लो तह देखी तल्लो तह सम्मको सवै तिक्तता जागरण अभियान मार्फत हट्ने दावी गरे ।
अन्तरक्रिया कार्यक्रममा सहभागी कार्यकर्ताले पार्टिभित्रको गुट उपगुटको अन्तय गरी नेताहरुलाई अगाडी बढन सुझाव दिएको काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए ।
कार्यक्रम काँग्रेस बागलुङ नगरपालिकाका नगरसभापति महेन्द्र आचार्यको अध्यक्षता, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्यको स्वागत र काँग्रेसका क्षेत्रीय सदस्य सन्तोष कुँवरको संचालनमा सम्पन्न भएको थियो ।