शीला पाण्डे, पर्वत २०७६ जेठ ५ । जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज पांचौ दिन भक्तजनहरुको उल्लेख्य सहभागिता रहको छ । कूश्मा नगरपालिका वडा नं। ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको पांचौ दिनका गतिविधिहरुको संघिय सांसद लाजकाजी गूरुडले शुभारम्भ गरेका हुन् । उनले पर्वत जिल्ला लगायत गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक मेला सफलताको शुभकामना व्यक्त गरे । निजीक्षेत्र वाट सनातन धर्म संस्कृतीको रक्षा र धार्मीक पर्यटनको आकर्षणको केन्द्रका लागी पर्वत जिल्लालाई विश्व सामु चिनाउने महान कार्यका लागी आयोजक समितिलाई वधाई तथा धन्यवाद दिए। आफुले व्यक्तिगत रुपमा १ लाख जम्मा गरेर शिवपार्वतीको मुर्तिस्थापनाका लागी संस्थापक वन्ने घोषणा गर्दै राज्यको तर्फवाट पनि सहयोग गर्न आवाज उठाउने जानकारी दिए ।
पश्चिमी संस्कृतीले सनातन धर्ममाथी अतिक्रमण गरेको अवस्थामा यस्ता कार्यले धर्म संस्कृतीको जगेर्ना गर्ने र धार्मीक पर्यटनलाई प्रोत्साहन गर्ने भएकाले यो महत्वपूर्ण कार्य भएको उनको भनाई थियो । संस्थापक वन्ने सदस्यहरुले आज पनि रु १ लाख जम्मा गरि संस्थापकहरुलाई यज्ञ स्थलमा वाजागाजा सहित स्वागत काम भईरहेको छ । त्यसै गरि तुलादान अगर्नेहरुको आज पनि उल्लेख्य रुपमा सहभागिता जनाँएका छन् ।
प्रमुख कथा वाचक ईश्वरकृष्ण भुर्तेलको प्रस्तुतिकरणले भक्तजनहरु मन्त्रमूग्न भएका छन् । आज पनि यज्ञस्थलमा भक्तजनहरुको उपस्थितिले खचाखच भरिएको थियो । विच विचमा भजन,कृतन,शिवपार्वतीको जिवन्त अभिनय,झाकीले यज्ञ स्थलमा भक्तजनहरुको आकर्षणको केन्द्र वनेको छ । १२ वटा ज्योर्तिलिड्ग निर्माणका लागी क्रसर व्यवसायी तथा महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष विप्लव हमालले ५ लाख जम्मा गर्ने घोषणा गरेका छन् । उनले महायज्ञ सफल वनाउनका लागी आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।
त्यसै गरि १०८ शिवलिड्ग निर्माणका लागी ४५ जनाले रु ५१ हजार जम्मा गर्ने घोषणा गरेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी गराए ।
पर्वत र यस आसपासका धार्मिक स्थलहरुको प्रवर्धन र त्यस संग सम्वन्धित पर्यटकहरुलाई आकर्षित गर्न यस महायज्ञले सहयोग पुयाउने मूल संयोजक पृथ्वी नारायण शर्माले वताए। शिव पार्वतको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञ सफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज पाचौ दिन सम्म १ करोड २५ लाख संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले वताए । पर्वत जिल्लास्थित वैकहरुले रकम संकलनका लागी सहयोग गरेका छन् । आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली छैठौ दिन पार्वत उत्सव र पुष्पहोली हुने आयोजक समितिका महासचिव अच्यूत तिवारीले वताए ।