Sorry, that menu does not exist.
 

बागलुङ नगर खानेपानीमा ब्रह्मलुट, माईन्यूट बुक च्याताच्यात : खान पल्केकाहरुलाई कसले गर्ने कार्बाही ?

बागलुङ २०७६ जेठ ६ । बागलुङ नगर खानेपानी तथा सरसफााई उपभोक्ता संस्थामा व्यापक भ्रष्टाचार भैरहेको समाचार प्रकाशमा आईरहेकै अवस्थामा आज नगर खानेपानीको कार्यालयमा माईन्यूट बुक च्याताच्यात भएको छ । तीन वर्ष पहिले चुनावव्दारा निर्वाचित बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिले तीन वर्ष देखी अधिवेशन नै नगरी समितिका पदाधिकारीहरुले आफुखुसी निर्णय गरी लाखौँ रकम हिनामिना गरिरहेको उपभोक्ताहरुले व्यापक विरोध जनाएपछी गत २०७५ साल चैत २३ गते यस संस्थाले पहिलो अधिवेशन गरेको थियो ।

एक हजार भन्दा बढी उपभोक्ताहरु सदस्यहरुको संस्थाका जम्मा २४४ जना सदस्य उपभोक्ताहरु समुपस्थित भएको सो अधिवेशनमा केहि गम्भीर विषयमा छलफल र निर्णय भएको थियो । कर्मचारीहरुले माइन्यूट घरघरमा लगेर सदस्यहरुको हस्ताक्षर गराउने अभियान चलाईरहेका थिए । अधिवेशनको फ्लोरबाट उठेका प्रश्नहरुलाई टिपोट गरी माईन्युटिङ गर्न बसन्त कुमार श्रेष्ठ, रुद्रबहादुर महत, कुसुम बुढा, उषा पौडेल, अधिवक्ता हरि प्रसाद शर्मा, लोकेन्द्र केसी र सन्जय श्रेष्ठलाई जिम्मा दिईएको थियो । संस्थाका कर्मचारीहरुले आफु खुसी माईन्यूटिङ गरी सात जना सदस्यहरुलाई घरघरमा गएर हस्ताक्षर गराउने क्रममा एक जना सदस्य रुद्रबहादुर महतले अधिवेशनमा उठेका सवालहरु नसमेटी आफु खुसी माईन्यूट लेखेकोमा विरोध गर्दै त्यसमा हस्ताक्षर नगर्ने बताई रहँदा माईन्यूट बुक तानातान गर्दा माईन्यूट बुकको पानानै च्यातिएको महतले ईबागलुङलाई बताए ।

महतले भने, अधिवेशनमा अशोक गोविन्द राजभण्डारी, धु्रबप्रसाद शर्मा र अनन्त खडका सदस्य रहेको एक लेखा समिति गठन गर्ने र आव २०७२/०७३, २०७३/०७४ र २०७४/०७५ गरी तीन वर्षको चार्टर्ड एकाउण्टेन्टबाट लेखा परीक्षण गर्ने भनिएको त्यस्को उल्लेखै नगरिएको महतको भनाई छ “संस्थामा एक जना ईन्जिनियर र एक जना ओभरसियर भर्ना गर्ने विषयमा पनि माईन्यूट बुक मौन रहेकोले मैले विरोध गरेको हुँ” ।

नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था हरहमेसा विवादमा आईरहने संस्था हो । आवश्यक पर्ने प्राविधिक कर्मचारीहरु नियुक्ती नगर्ने आफ्ना आसेपासेहरुलाई दरबन्दी बिनानै भर्ना गरेर गैरकानूनी रुपमा १४ महिनाको तलब खुवाउने भ्रष्टकार्य समेत नगर खानेपानीमा भएको आरोप छ । कार्यालय श्रोतका अनुसार जम्मा १२ जना कर्मचारीको दरबन्दी रहेको संस्थामा अहिले १८ जना कर्मचारी कार्यरत छन् । यति मात्र होईन स्टेशनरी छपाई शिर्षकलाई अफिस व्यवस्थापन, कार्यालय सन्चालन, छपाई, स्टशनरी ५ शिर्षक बनाएर बजेट कुम्ल्याउने काम भैरहेका उपभोक्ताहरुको आरोप छ ।

उपभोक्ताहरुबाट २ करोड ७३ लाख १७ हजार १ सय १५ रुपयाँ संकलन गर्ने लक्ष सहित अघि बढेको नगर खानेपानी तथा सरसफाई उपभोक्ताका पदाधिकारीहरुले चालु आर्थिक वर्षको लागि रु १० लाख विनियोजन गरिएको छ भने अघिल्ला २ वर्षहरुमा रु ७ लाख ५९ हजार ७ सय ८३ रुपयाँ भ्रमण शिर्षकमा छुट्टाई झ्वाम पारिएको छ ।

बागलुङ नगर खानेपानीको बजेटमा सिक्किम भ्रमणमा जाने पदाधिकारी कर्मचारीहरु ।

उपभोक्ताहरुले कहाँ के भ्रमणमा रु ७ लाख ५९ हजार खर्च गरिएको हो भनी -याख -याख पारिरहेको छन । संस्थाका पदाधिकारीहरु भने जवाफ दिन आलटाल गरिरहेका छन् । पदाधिकारीहरुले यहि २०७६ साल बैशााख १५ गते भारतको सिक्किममा भ्रमणमा गएर रु २ लाख ५० हजार पचाएको श्रोतको दावी छ । बागलुङको नगरखानेपानीका पदाधिकारीहरुको सिक्किममको मनमौजी भ्रमणले भ्रष्टाचारको दुर्गन्ध फ्याँकिरहेको छ । सिक्किम भ्रमणका अवसरमा खिचिएका तस्वीरहरु सामाजिक सन्जाल फेसकुकमा अपडेट समेत गरिएका छन् ।

शुद्ध पेयजल खुवाउन जिम्मेवार नहरने संस्थाका पदाधिकारीहरु उपभोक्ताको तिरेको रकमबाट सिक्किम लगायतका अनावश्यक स्थानहरुको भ्रमणमा जानु नै भ्रष्टाचारको ज्वलन्त उदाहरण भएको टिप्पणी भैरहेको छ । नगर खानेपानी सस्थामा भएको नांगो भ्रष्टाचारलाई लिएर सरोकावालाहरु अख्तियारमा समेत पुगेको भएपनि हालसम्म कुने कार्वाही भने भएको छैन । नगरखानेपानीमा पदाधिकारीहरुले खानेकाम रोकिएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply